
Correspondent, ParbatNepal
1 week ago
209

पर्वत– सामजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ पर्वत गुप्तेश्वरले एक हप्ते भाषण तथा उद्घोषण कला तालिम संचालन गर्ने भएको छ । महिला जनप्रतिनिधि सहित विभिन्न संघसंस्थामा आबद्ध महिलाहरुका लागि निशुल्क भाषण तथा उद्घोषण कला तालिम आयोजना गरिएको हो ।
जनप्रतिनिधी सँगै समुहमा आबद्ध रहेका महिलाहरुको नेतृत्व सँगै क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको लायन्स क्लवकी अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । तालिम मंसिर २० देखी २६ गतेसम्म संचालन हुने जनाईएको छ ।
तालिममा प्रत्येक संघसंस्था र वडावाट २÷२ जनाको दरमा उपस्थिती हुनुपर्ने छ । तालिम
उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुन लागेको जनाईएको छ । एक हप्तासम्म संचालन हुने उद्घोषण तालिममा इच्छुक व्यक्तिहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।