Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

245




संरक्षणको पर्खाइमा सातमुले मन्दिर
संरक्षणको पर्खाइमा सातमुले मन्दिर

मंसिर १८, पर्वत   जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत सातमुले बहाह मन्दिर यति बेला संरक्षणको पखाईमा पर्वतको फलेवास नगरपालिकाको लिमिठाना, ठानामौला कुर्घा वडाको संगम स्थलमा अवस्थित पर्यटकीयस्थलका रुपमा भरिपूर्ण सातमुले बहार मन्दिर दिन दिनै संकटमा पदै गएको दुई सय भन्दा बढी ऐतिहाँसिक महत्व बोकेको यस मन्दिर पर्यटकिय गन्तव्यका रुपमा परिचित हुँदै गएपनि उचित संरक्षण प्रचारप्रसारको अभावमा ओझेलमा पदै गएको

मन्दिरको ठुलो पहाड सँग जोडिएको पहाडको मुनीवाट सात वटा मुल निरन्तर रुपमा बगीरहेको   निरन्तर रुपमा बगिरहने मुल नै यस मन्दिरको विशेषता हो मन्दिरमा हरेक वर्ष चैत्र अष्टमी, वडा दशै तथा नयाँ वर्षको अवसरमा भक्तजनहरुको भिड लाग्छ उचितरूपमा गुफाको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन सकिने भए पनि पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसक्दा महत्व बोकेको यस मन्दिर गुमनाम जस्तै बनेको


प्राकृतिक हिसाबले समेत महत्वपूर्ण रहेको सातमुले मन्दिरको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने स्थानीयको माग सातमुलेलाई पर्यटकीय गन्तव्यका रूपमा विकास विस्तार गर्न सरकारले पर्यटकलाई आकर्षण हुने खालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाको भनाइ स्थानीय बासिन्दाका अनुसार सातमुलेलाई पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज हुनेछ


मन्दिरको संरक्षणका लागि अहिले महाशिला गाउँपालिका ढाडखर्कमा रहेका आमा समुह तथा स्थानीयहरुले सक्रियता देखाएका छन् आमा समुहको एकल प्रयासमा मन्दिरको भवन स्थापना तथा अन्य संरक्षण कार्यहरु हुदै आएको स्थानीयहरुले मन्दिर एकदमै पहाडको मुनी भिरमा रहेकोले भक्तजनहरुलाई पुजापाठ गर्न तथा मन्दिर सम्म पुग्न कठिन भएको भन्दै मन्दिरको वरिपरि बार बन्देज, गेट निर्माण तथा बाटोको सहज व्यवस्थाको लागि आवश्यक बजेट आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्दापनि सुनुवाई नभएको जिकिर गर्छन


मन्दिरका पुजारी दत्त शर्माले भक्तजनको भीड हुने हुदाँ भीरबाट लडन सक्ने समस्या रहेको मन्दिरमा आउदा दिसा पिसाब गर्न शौचालयको व्यवस्था नहुदाँ समस्यामा भएको गुनासो गर्छन सातमुलेको संरक्षणका लागि थोरै बजेटले नपुग्ने भएकाले प्रदेश सरकारसँग छलफल गरिरहेको स्थानीयले बताएका छन्