Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 years ago

1581




पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न - अध्यक्षमा भिम जोशी
पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न - अध्यक्षमा भिम जोशी

पर्वत पर्वत जिल्लामा जन्मिएर लामो समयदेखी बेल्जियममा बसोवास गदै आएका पर्वतेहरुको साझा संस्था पर्वत समाज बेल्जियमको चौथो अधिवेशन सम्पन्न भएको हो अधिवेशन Emiel Lemineurstraat 72, 2170 Merksem आन्तरपेन शहरमा डिसेम्वर मा सम्पन्न भएको हो

 ‘समृद्ध पर्वत निर्माणमा हाम्रो सामुहिक अभियान भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिवेशनले सर्वसम्मत रुपमा भिम जोशी -रोशन_ को अध्यक्ष्तामा नयाँ कार्य समिति चयन गरेको समितिको बरिष्ठ उपाध्याक्षमा रुद्रमणि लम्साल, उपाध्याक्षमा दुर्गा पोखरेल, महिला उपाध्याक्षमा दुर्गा तिवारी, महासचिवमा युगमाया पुन, सचिवमा सुवास भट्ट कोषाध्याक्षमा सिता केसी चयन हुनुभएको त्यस्तै समितिको सदस्यमा क्रमश कृष्ण क्षेत्री, भरत क्षेत्री, कमला गुरुङ, दिपक न्यौपाने, विराट जोशी केषवहादुर गुरुङ चयन हुनुभएको निर्वाचन संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार समितिले अन्य सदस्य विधान अनुसार चयन गर्ने


अधिवेशनको उद्घाटन बेल्जियमका लागि नेपाली राजदुत लोकवहादुर थापाले गर्नुभएको थियो प्रमुख अतिथि समेत रहेका थापाले पर्वतेहरुको साझा संस्थाले गरेका परोपकारी कामवाट आफु प्रभावित भएको जिकिर गर्नुभयो उहाँले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिप्रति पर्वतेहरुले देखाएको माया सहयोग उदाहरणिय रहेको दावी गर्नुभयो कार्यक्रममा बोल्दै थापाले नेपालको समृद्धिको लागि परोपकारी काम मात्र पर्याप्त नभएको प्रवासीहरुको प्रत्यक्ष लगानी, सिप दक्षताको आवश्यकता रहेको बताउनु भयो


पर्वत समाज बेल्जियमका निर्वतमान अध्यक्ष झलक केसीले नयाँ कार्य समितिलिाई बधाई ज्ञापन गदै पर्वत समाज बेल्जियमले पर्वत जिल्लाको समग्र विकास समाज सेवाको निम्ति काम गरिरहेको जिकिर गर्नुभयो ।साथै उहाँले आफ्नो कार्यकालमा आर्थिक पारदर्शिता, बृहत अक्षयकोष स्थापना लगायत जिल्लामा मानविय,शिक्षा, स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण काम भएको दावी गदै अझै केही महत्वपूर्ण काम बाँकी रहेको जिकिर गदै संस्थाको गरिमा पहिचानलाई जिवन्त राख्न नयाँ कार्य समितिले थप भूमिका खेल्ने दावी गर्नु भयो साथै आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउने समाजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार समिति पदाधिकारी लगायत सम्पूर्ण बेल्जियमवासी पर्वतेदाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यवाद दिनुभयो


कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) बल्जियमका अध्यक्ष चित्र सुवेदी, गैरआवसीय नेपाली संघ (एनआरएनए)का केन्द्रिय  सहकोषाध्यक्ष लोक दाहाल, आईसीसी सदस्य सुभाष जोशी, अन्तराष्ट्रिय पर्वत समाजका सचिव  प्रकाश पौडेल, पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नर बहादुर रोक्का, पर्वत समाजका सस्थापक अध्यक्ष  तथा नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष  मेख गुरुङ, नेपाली जनसम्पर्क समितिका सभापती सीता सापकोटा, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष जितबहादुर लामा, नेपाली व्यवसायी सघ बेल्जियमका अध्यक्ष यमु निरौला, साग्रीला समाजका अध्यक्ष तथा एनआरएनए बेल्जियमका उपाध्यक्ष खड्क के सी., पर्वत समाज बेल्जियमका सल्लाहकार कृष्ण तिवारी, स्याङ्जा समाजका अध्यक्ष परशुराम रेग्मी, नेपाल बाट आउनु भएका सामाजिक अभियान्ता गगाधर पौडेल, कास्की समाज बेल्जियम तथा  एनआरएनए  बेल्जियमका महासचिब तिर्थ धमला लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो 


कार्यक्रममा मिलन केन्द्र युरोपका अध्यक्ष तथा एनआरएनए  सचिव दीपक न्यौपाने, तमु समाज बेल्जियमका अध्यक्ष  दुर्गा गुरुङ, तमु धि बेल्जियमका अध्यक्ष  नवीन गुरुङकलाकार  संघका महासचिव जिमि गुरुङ ,नवलपरासी समाजका प्रतिनिधी विजय मल्ल, हामी नेपालीका किशान के सी, पासापुच बेल्जियमकी मुना ताम्रकार, युरो नेपाल खेलकुद सघका अध्यक्ष ज्ञानु थापा, लोक गायक कृष्ण गुरुङसल्लाहकार पारस गौतम, तुलसीनाथ सुवेदी, भुतपुर्व अध्यक्ष  केदार जोशी, अन्तराष्ट्रिय पर्वत समाजका सहकोषाध्यक्ष किरण पुन,युरोप सयोजक दर्शन गुरुङ , पत्रकार ओम शर्मा लगायत विभिन्न सघ सस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरु लगायत बेल्जियममा बसोवास गदै आएका नेपालीहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो


समाजले निवर्तमान अध्यक्ष झलक केसीको कार्यसमितिले गरेका गतिबिधिको उच्च मुल्यांकन गर्दै सस्थाको आर्थिक तथा अक्षयकोष स्थापना लगायत जिल्लामा मानवीय, शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका सहयोग अभियानलाई अझै पुर्णता गर्ने गरि  बृहत् योजना तथा दिर्घकालिन योजना परिचालन गर्ने गरि समाज सल्लाहकारह तथा सामाजिक अभियान्ता खडक बहादुर के सी  अध्यक्ष वालेन्द्र गुरुङ  सदस्य सचिव रहेको लगानी तथा परियोजना समिती  लगायत अन्य समितिको  सस्थागत व्यवस्थापन गरिएको

निर्वतमान अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य दिपक पोखरेल कार्यक्रमको संचालन ईशा गुरुङले गर्नुभएको थियो अधिबेशन समापनपछि चर्चित लोकदोहोरी गायक कृष्ण गुरुङले विभिन्न गित प्रस्तुत गर्नुभएको थियो

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)