Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1493




दिगो विकासका लक्ष्य पुरा गरौँ : तिमिल्सीना
दिगो विकासका लक्ष्य पुरा गरौँ : तिमिल्सीना

पुस १, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले दिगो विकासको लक्ष्य अनुसार काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । पर्वतको कुश्मा नगरपालिकाले शुरु गरेको आधुनिक तबरले फोहोर व्यवस्थापनको विषयमा आयोजना गरेको गोष्ठिलाई आज सम्बोधन गर्दै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।

 

उहाँले दिगो बिकासका १७ लक्ष्य मध्येका सबै लक्ष्य पुरा गर्नुपर्ने नेपाललाई दायित्व रहेको औल्याउँदै स्थानीय सरकारका हरेक योजना दिगो विकासका लक्ष्य केन्द्रित हुनुपर्ने बताउनुभयो । दिगो विकासका १७ लक्ष्य मध्ये अधिकाँश लक्ष्य वातावरण र स्वच्छता संग सम्बन्धित रहेको बताउँदै तिमिल्सीनाले सन् २०३० सम्म लक्ष्य भेट्ने किसिमले नीति तथा कार्यक्रम तय गर्न स्थानीय सरकारका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

 

कार्यक्रममा पर्वतका सात वटै स्थानीय तह सहित बागलुङ र म्याग्दीका स्थानीय तहका प्रमुखहरु सहभागी भएका थिए । प्रमुखहरुलाई सम्बोधन गर्दै तिमिल्सीनाले फोहोर व्यवस्थापन गर्न पनि दिगो लक्ष्य र योजना आवश्यक हुने आवश्यकता जनाउनुभयो । फोहोर बाट मोहर बनाउने कार्यक्रम तय गर्न आग्रह गर्नुभएको छ ।

 

तिमिल्सीनाले फोहोर घरघरबाट संकलन गर्ने सचेतना स्थानीय सरकारले शुरु गर्नुपर्ने पनि बताउनुभयो । वातावरण सफा हुन नसकेसम्म स्वस्थ्य जनशक्ति उत्पादन नहुने भएकाले व्याक्तिगत र वातावरणिय सरसफाईमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)