Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

283




धौलागिरिका चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट
धौलागिरिका चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट

पुस , पर्वत नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन इन्टरनेट सेवा शुरुआत गरेको पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी मुस्ताङ जिल्लामा सेवा थालनी गरेको हो यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो

नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा सेवाको शुभारम्भ गर्दै इन्टरनेट भ्वाइस सेवा एकसाथ शुरुआत भएको जानकारी दिनुभयो पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् टेलिकमले १२८ जनालाई पुग्ने गरी तार प्रणाली तयार गरेको गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ


पुरानो प्रविधिका फोन इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारी दिनुभयो उहाँका अनुसार बेनी बजारमा दुई हजार ५६० जना ग्राहककोमा फाइबर पु¥याउने काम जारी रहेको बेनीको टेलिकम कार्यालयमा रहेकोअप्टिकल लाइन टर्मिनलबाट गलेश्वरमा फाइबरको तार लगिएको गलेश्वरबाट पुरानो तामाको तारको प्रविधि पूर्णरुपमा विस्थापन भएको टेलिकम म्याग्दी कार्यालयका प्रमुख विष्णुदेव शाहले बताउनुभयो

स्थानीय बासिन्दा फाइबारको एउटै तारबाट फोन इन्टरनेट सेवा पाउँदा खुशी छन् फाइबर प्रविधिबाट ग्राहकले भरपर्दो, स्तरीय तीव्र गतिकोभ्वाइस तथाइन्टरनेट सेवा पाउने उहाँले जानकारी दिनुभयो तामाको तार हुँदा इन्टरनेटको गति जम्मा पाँच एमबिपिएस थियो भने अब न्यूनतम आठ एमबिपिएसदेखि ५५ एमबिपिए ससम्मको सेवा ग्राहकले पाउने शर्माले जानकारी दिनुभयो बागलुङ बजारका एक हजार ८५० भन्दाबढी ग्राहकले अहिले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन्

बागलुङ सदरमुकाममा मात्र पाँच हजार २५० जना ग्राहककामा फाइबर जडान गर्ने लक्ष्य यस्तै पर्वत सदरमुकाम कुश्मामा दुई हजार ५६० मुस्ताङ सदरमुकाम जोमसोममा एक हजार २४ ग्राहकलाई सेवा दिने गरी फाइबर बिछयाउने काम भइरहेको टेलिकमले जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)