Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1377




दुई नेपालीमा कोरोना भेट्टियो
दुई नेपालीमा कोरोना भेट्टियो

फागुन २६, पर्वत । विश्वका धेरै मुलुकमा कोरोना भाइरस देखिएपनि नेपालमा त्यसको प्रभाव देखिएको छैन । तर विदेशमा रहेका नेपालीहरुमा भने कोरोना भाइरस संक्रमण भेट्टिएको पुष्ट्टि भएको छ ।  युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको हो ।

 

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमितका नयाँ बिरामीहरु फेला परेका हुन् ।यो सहित युएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ ।

 

सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)