Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1427




कतारको निर्णयले हजारौ नेपाली रोकिए
कतारको निर्णयले हजारौ नेपाली रोकिए

फागुन २७, पर्वत । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै जानका लागि प्रक्रिया पुरा गरिसकेका हजारौ नेपाली रोकिने भएका छन् । तत्काल ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार करिब ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा र छ । हरेक दिन कतारमा मात्रै ५ सयको हाराहारीमा नपाली जाने गरेको तथ्याङक छ ।

 

कतारले पनि कोरोना भाईरस (कोभिड –१९) को संक्रमणको डरले नेपाल सहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । कतार सरकारले हिजोदेखि लागु हुने गरी अस्थायी रुपमा कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । शुरुमा इटालीबाट कतार प्रवेश गर्ने  विदेश नागरिकलाई प्रवेश रोक लगाएको कतारले नेपाल सहित बंगलादेश, चीन, इजिष्ट, भारत, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरीया श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकलाई पनि रोक लगाएको छ । झन्डै एक सयभन्दा बढी मुलुकका आप्रवासी कामदार रहेको कतारमा नेपाली कामदारको सख्या ४ लाख भन्दा बढी छ ।

 

नेपालले भने आधिकारिक पत्र आएपछि मात्रै यस बारेमा निर्णय गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सीआईएनलाई जानकारी दिनुभयो । कतारमा रोक लगाएपछि विदामा आएका कयौ कामदार पनि रोकिएका छन् । हिजो कतार उडानका लागि विमानस्थल पुगेकाहरु ३ सयभन्दा बढी नेपाली फर्किएका थिए ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)