Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1328




नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन
नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन

फागुन २७, पर्वत । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन गरेको छ । कतार सरकारले नेपाल सहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो ।

 

विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको हो । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने बिभागका महानिर्देशक कुमार दाहालले सीआईएनलाइ जानकारी दिनुभयो  । कतारले हिजोदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो । श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक हिजो  त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो ।

 

दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् । नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)