Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1258




पर्वत जेसिजको आयोजनामा शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न
पर्वत जेसिजको आयोजनामा शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न

चैत्र १, पर्वत । पर्वतको कुश्मा बजारमा एक दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । पर्वत जेसीजको आयोजना र दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि.को प्राबिधिक सहयोगमा  तालिम सम्पन्न भएको हो ।

 

 पर्वत जेसीजका अध्यक्ष जेसी रामु शर्माको अध्यक्षतामा सम्पन्न उक्त तालिम दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि. बागलुङका इन्चार्ज कुमार शर्माले तालिमलाई सहजीकरण गर्नुभएको थियो । पर्वत जेसिजका निर्वतमान अध्यक्ष मोहन आचार्यले शेयर बजारको अनुभव आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य तालिम निर्देशक गणेश पौडेलले गर्नुभएको थियो । कार्यक्रमको सन्चालन महासचिव सुमन श्रेष्ठले गर्नु भएको थियो ।

 

तालिममा सल्लाहकार केदारनाथ आचार्य लगायत ३० जना भन्दा बढी युवाहरको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)