Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1491




पर्वतमा असिनापानीले वालीनालीमा क्षति
पर्वतमा असिनापानीले वालीनालीमा क्षति

चैत्र ७, पर्वत । पर्वतमा शुक्रवार परेको भिषण असिना पानीले  वालीनालिमा क्षति पु¥याएको छ । शुक्रवार दिउँसो परेको भिषण असिनापानले बालिनालिमा क्षति पुगेको कृषकहरु बताउँछन् । चैत्र महिनामा शुरुवातमा परेको असिनापानीले पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र छिमेकी जिल्ला बागलुङको बलेवामा क्षेत्रमा लगाएको मकै, फलफुल र तरकारी बालीमा  क्षति पुगेको हो ।

 

असिनापानीले खेतमा भर्खरै उम्रिएका मकै, पाकेको तोरी र गुहँवालीमा ठुलो नोक्सानी पुगेको फलेवासका कृषक शिव अधिकारीले जानकारी दिए । झण्डै आधा घण्टा भन्दा बढि परेको असिना एक फिट जति थुप्रिएको थियो । असिनाले व्यावसायिक रुपमा लगाएका गोलभेडा, काक्रो, घिरौला, लौका, बोडि, सिमी, खुर्सानी लगायतका तरकारीबाली नष्ट गरेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वत र बागलुङका विभिन्न क्षेत्रमा ठुलो असिना परेको बताउँदै क्षतिको विवरण भने आईनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


अहिले क्षतिको विवरण संकलन कार्य भैरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्षपनि वैशाखमा परेको असिनाले ८ करोड भन्दा बढिको मकैवाली नष्ट गरेको थियो । कृषकहरुले लगाएको तोरीवाली थन्क्याउने बेलामा असिना परेका कारण पुरै झरेर नष्ट भएको केन्द्रले जनाएको छ । विवरण संकलन गरिसकेपछि क्षतिको यकिन मुल्यांकन हुने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)