Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1690




कोरोना भाइरस रोकथामका लागि पर्वतका स्थानीय तह सक्रिय
कोरोना भाइरस रोकथामका लागि पर्वतका स्थानीय तह सक्रिय

चैत्र ८, पर्वत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पर्वतका स्थानीय तहहरूले तयारी सुरु गरेका छन् । जिल्लाका ७ वटा स्थानीय तह सचेतनादेखि  आइसोलेसन वार्डको स्थापनामा सक्रिय छन् । जिल्लाको फलेवास नगरपालिकाले ३ ठाउँमा हेल्थ डेक्स र ९ वटा आइसोलेसन वार्ड तयारी अबस्थामा राखेको छ भने महाशिला गाउँपालिकाले लुंखु देउरालीमा अस्थायी स्वास्थ्य हेल्प डेस्क स्थापना गरि नियमित रुपमा बाहिरवाट आउने यात्रु र अन्य व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

 

 कुश्मा नगरपालिकाले पर्सिसम्ममा  वेडको आइसोलेसन वार्ड निमार्ण गर्ने तयारीमा छ । नगर प्रमुख रामचन्द्र जोशीले आफैले मास्क खरीद गरी स्थानीयबासीलाई वितरण गरेको र स्वास्थ्यकर्मीहरु समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।  मोदीगाउँपालिकाले विश्व्यापी महामारिको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरण,खोज पडताल तथा रोकथाम र उपचारको लागि धौलागिरीका ४ जिल्लामा भित्रिने मुख्य नाकामा सवारी साधनका यात्रुहरुलाई लक्षित गरि प्रहरी चौकी देउपुर डिमुवामा हेल्थ डेक्स संचालनमा ल्याएको छ ।

 

जलजला गाउँपालिकाले आइसोलेसन वार्ड स्थापना नगरेको भए पनि सतर्कता अपनाउन जलजलावासीलाई आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञाप्ती निकालेर अत्यावश्यक कामवाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ ।

 

त्यस्तै पैयु र बिहादी गाउँपालिकाले पनि  कोरोना भाइरसवाट बच्न जनचेतनाका कार्यक्रम संचालन गरेका छन् ।  स्थानीय तह सँगै विपद व्यवस्थापन समिती, सुरक्षा निकाय समेत कोरोनाबाट जोगिनका लागि आआफ्नो तयारीमा छन् ।

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)