Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 week ago

206




सीपले रमाएका विकास, वर्कशपले आत्मानिर्भर
सीपले रमाएका विकास, वर्कशपले आत्मानिर्भर

बिदेश गएमात्र सोचेजस्ता पैसा कमाउन सकिन्छ भन्ने सोच थियो  फलेवास नगरपालिका६ देविस्थानका विकास श्रेष्ठलाई । विदेश जानकै लागि उनले ७ बर्ष अगाडी प्रशासनवाट पासपोट बनाए । राजधानीका विभिन्न मेनपावर धाए । आफन्तलाई गुहारे । तर सोचेजस्तो काम नपाएपछि काठमाडौँवाट निराश बनेर घर फर्के । विदेश जानवाट आजित बनेका श्रेष्ठले गाउँमै वार्कशव खोल्ने निर्णय गरे । सिप सिक्नको लागि उनीले सिप विकास तालिम केन्द्र कुश्मामा पुगे । ३ महिने बेसिक तालिम लिएपछि उनले फेरी थप  तालिम लिने अवसर प्राप्त गरे । सदरमुकाम कुश्मा बजारको वर्कशप उनले विना ज्याला एक बर्ष काम गरे ।

 

त्यसपछि उनी गाउँ फर्के । घरको छेउमा एउटा सानो छाप्रो बनाए । गाउँमा भएका पुराना मोटरसाईकलन जम्मा गरे । श्रेष्ठले अहिले मोटर साईकल मर्मतवाट मनग्य आम्दानी गर्न सफल भएका छन् । बिग्रिएका मोटरसाईकलन मर्मत गर्न थालेपछि पैसाले हात खाली नभएको उनले बताए । ‘विदेश गएको भए जिन्दागीको टुङगो हुने थिएन, गाउँमा परिवार सँग बसेर प्रशस्त कमाएको छु, भविष्यको बलियो व्यवसाय मोटरसाईकल मर्मत बनेको छ,’ श्रेष्ठले भने । अहिले उनको आम्दानी मासिक १ लाख भन्दा बढि हुन्छ । ‘परिश्रम गरे विदेश जानुपदैन, यहीँ कमाउन सकिन्छ, श्रेष्ठ भने,‘राज्यले युवाहरुलाई सिप सिकाउन सके गाउँमा भएका युवाहरुलाई  धेरै राहात मिल्ने थियो,। मोटर साईकल सँगै उनले अहिले ट्याक्टर लगायत अन्य सवारी साधानहरु समेत मर्मत गर्न थालेका छन् । ‘कामले काम सिकाउँदो रैछ, शुरुमा मोटर साईकल सँगै अहिले अन्य सवारी साधान मर्मत गर्न थालेको छु ।, उनले भने ।

 

फलेवास नगरपालिका अहिले पक्की सडक सञ्जालले जोडिएको छ । फलेवास हुँदै जिल्लाको दुरजराजमा सोही बाटो हुँदै दैनिक ४०÷५० वटा मोटरसाईकल आवतजावत गर्छन । दैनिक रुपमा उत्तिकै गाडीहरु गुड्ने गर्छन । यसले गर्दा पनि उनको व्यवसाय फस्टाउँदै गएको छ । उनले अहिले आफुले सिकेको सिप विभिन्न जिल्लामा पुगेर बाँढ्न थालेका छन् । प्रशिक्षणका रुपमा धेरै माग आउन थालेको उनले बताए । ‘धेरै ठाउँबाट प्रशिक्षणको रुपमा आईदिनु प¥यो भन्नुहुन्छ, तर आफुसँग समय नभएका कारण धेरै ठाउँमा जान नपाएको छैन,’। उनको वार्कशवमा अहिले ग्राहकको भिड लाग्न थालेको छ । त्यति मात्र होईन उनलाई विभिन्न ठाउँवाट सवारी साधन मर्मत गर्न आग्रह गर्नेहरुको पनि कमी छैन ।

 

विदेश जान अनुरोध गर्ने आफन्त र घरपरिवार श्रेष्ठको व्यवसाय देखेर अहिले दङ्ग छन् । उनले  गाउँकै ३ जना युवाहरुलाई कामदारको रुपमा राखेका छन् । श्रैष्ठले आफुले आर्जन गरेको ज्ञान र सीपलाई अन्यमाझ अभिप्रेरित गर्ने प्रयासमा छन् । उनले गाउँका युवाहरुलाई काम सिकाउँदै आएका छन् । उनीबाट प्रेरित भएका अन्य युवालाई व्यावसायिक रूपले गाउँमा केही गर्न मोह बढाएको छ । तर, गाउँका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्य तथा सरोकारवाला सरकारी निकायले सहयोग नगरेको उनीहरूको गुनासो छ ।