Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

181




लकडाउन अवज्ञा गर्ने होटल सञ्चालक पक्राउ
लकडाउन अवज्ञा गर्ने होटल सञ्चालक पक्राउ

चैत्र १२, पर्वत । पर्वतको कुस्मामा लक डाउन अबज्ञा गर्ने होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । कुस्मा नगरपालिका वडा नं ६ धनेश्वरचोकमा सञ्चालन हुँदै आएको नानु होटलकी सञ्चालिका नानु पुनलाई प्रहरीले पक्रेको हो ।

 

होटल खुल्ला राख्दै भीडभाड नगर्न अनुरोध गर्न पुगेको प्रहरी माथि अभद्र ब्यबहार गरेको र अपशब्द समेत बोलेर असहयोग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

 

पक्राउ परेकी नानुलाई अभद्र ब्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट बुधबार म्याद थप गरि थुनामा राखिएको छ । होटल सञ्चालकलाई लक डाउन उलङ्गघन गरेको कसुरमा समेत प्रहरीले कारवाहीकोे तयारी गरेको छ ।

 

यसैगरी लड डाउनको अबज्ञा गर्ने सर्वसाधारण, सवारी साधनलाई समेत प्रहरीले कारबाही थालेपछि कुस्मामा बुधबार सवारी साधन र पैदल हिड्ने क्रममा कमी आएको छ । गाउँमा भने खसी काट्ने चौतारीमा बस्ने क्रम नरोकिएको भनेर स्थानियबासी आतंकित भएका छन ।

 

चैत्र महिना लागेपछि बिदेशबाट फर्केकाहरुमा कारोनाको संक्रमण हुन सक्ने भएपनि उनीहरु गाउँघरमा जताततै डुलेका कारण पनि स्थानियबासी त्रसित भएका छन । गाउँमा पनि भेला नगर्न, घरमै बस्न सबैलाई आग्रह गर्दै स्थानिय जनप्रतिनिधि र प्रहरीले गरेको अनुरोधलाई बेवास्ता गर्नेहरुलाई कारवाही गर्न सकिने पनि प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)