Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

130




बिदेशबाट फर्किएका २३९ जना माथी निगरानी
बिदेशबाट फर्किएका २३९ जना माथी निगरानी

चैत १४ पर्वत । पर्वत जिल्लाका विभिन्न ठाउँमा चैत महिनाभित्र बिदेशबाट फर्किएका २३९ जना माथि विशेष निगरानी थालिएको छ । जिल्ला प्रसासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय सरकारहरुले उनीहरुको खोजी गरि निगरानी गरेका हुन् । बिदेश बाट फर्किएका व्याक्तिहरुमा कोरोनाको संक्रमण देखिएपछि गाउँ गाउँमा उनीहरुको खोजी गरि विवरण संकलन गरि जिल्ला प्रसासन र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाईएको छ ।

 

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार स्थानीय तहहरुले उपलब्ध गराएका व्याक्तिहरुको विशेष निगरानी गरिएको छ । उनीहरुलाई होम क्वारेण्टाईनमा राखेर निगरानी गरिएको हो प्रजिअ नेपालले दिएको जानकारी अनुसार अहिले सम्म फलेवास नगरपालिकामा ६५, कुश्मा नगरपालिकामा ३९, विहादी गाउँपालिकामा ४५, पैयँ गाउँपालिकामा ३५ जना, महाशिला गाउँपालिकामा १५ जना, जलजला गाउँपालिकामा ३२ जना र मोदी गाउँपालिकामा ८ जना व्यक्तिहरुको निगरानी गरिएको छ ।

 

सबै स्थानीय तहहरुले लगत संकलन गरी जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयमा विवरण  उपलब्ध गराएका छन् । विवरण तयार पार्दै विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगीन घरमै बस्न र विदेशवाट आएका अन्य व्यक्तिहरुसंग १४ दिनसम्म सम्पर्कमा नरहन आग्रह गरिएको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

 

सवै स्थानीय तहहरु सँग विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य भइरहेको र त्यसरी गाउँ फर्किएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएमा तत्काल स्वास्थ्य जाँच गर्न सल्लाह दिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताउनुभयो । स्वास्थ्य जाँचका क्रममा कोरोना भाइरसको संक्रमण सँग मिल्न गएमा क्वारेण्टाइन र आइसुलेसनमा भर्ना गरिने उहाँको भनाई छ ।

 

जिल्लामा कोरोना भाईरसको त्रास पछि गरिएको लकडाउनको प्रभावकारीता, बजारमा हुन सक्ने अभाव, जनस्वास्थ्य र सुरक्षाको बारेमा छिटो छरितो जानकारी लिने हेतुले कमाण्ड पोष्ट खडा गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमाण्ड पोष्ट गठन भएको हो ।

 

कमाण्ड पोष्टमा जिल्ला सुरक्षा समितिका सबै सदस्य, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष , जिल्ला स्वास्थ्य कार्यालय र पर्वत अस्पतालका प्रमुख र सात वटै गाउँपालिकाका स्वास्थ्य इकाइका प्रमुखहरुलाई राखिएको छ । प्रमुख जिल्ला अधिकारी नेपालले दिएको जानकारी अनुसार कमाण्ड पोष्टको दैनिक साँझ ५ बजे बैठक बस्नेछ । बैठकमा जिल्लामा देखिएको खाद्यन्नको अभाव, लकडाउनको प्रभावकारीता, रोगको फैलावट लगायतका बारेमा सदस्यहरुबाट रिपोर्टिङ हुनेछ । एकिकृत ढंगबाट कार्यसम्पादन गर्न कमाण्ड पोष्ट खडा गरिएको नेपाललले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)