Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

154




कोरोनाको सामना गर्न पर्वतका सवै जनप्रतिनिधी एक ठाउँ
कोरोनाको सामना गर्न  पर्वतका सवै जनप्रतिनिधी एक ठाउँ

चैत्र १५, पर्वत । पर्वतका सात वटै स्थानिय तहले कोरोना भाइरसको सम्भावित संक्रमणको चुनौतीलाई सामना गर्दै अघि बढ्ने सामूहिक प्रतिबद्धता जनाएका छन । पर्वतबाट प्रतिनिधीसभामा निर्वाचित साँसद पदम गिरीको संयोजनमा शनिबार सम्पन्न बैठकमा जिल्लाका जनप्रतिनिधीहरुले कोरोनाविरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हुन। पर्वतका सात वटै स्थानिय तहले कोरोना (केभिड १९) भाइरस संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि पर्वतको कुस्मामा सञ्चालनमा आएको कोरोना अस्पताललाई नै साझा आईसोलेसन बनाउने सहमति समेत गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

 

पर्वतबाट प्रतिनिधीसभामा निर्वाचित साँसद पदम गिरीको संयोजनमा शनिबार सम्पन्न बैठकले सबै पालिकाले एकिकृत संभावित जोखिमको सामान गर्ने निर्णण गरेका हुन । बैठकमा सहभागीहरुले जिल्लामा सबै ठाउँमा आइसोलेसन बनाउन संभब नभएका कारण पर्वत कोरोना अस्थायी अस्पताललाई नै प्रयोगमा ल्याउने र आबश्यक खर्चको ब्यबस्थापन गर्ने सहमति गरेका छन ।

 

बैठकमा साँसद गिरी सहित जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण), पैंयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, मोदी गाउँपालिककी उपाध्यक्ष सेती महत, बिहादी गाउँपालिकाकी उपाध्यक्ष डम्बरकुमराी गुरुङ्ग, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी तथा सामाजिक बिकास समितिका संयोजक शिब पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल सहित सबै सुरक्षा निकायका प्रमुख सहभागी हुनुभएको थियो । बैठकमा महाशिला गाउँपालिकाको भने सहभागिता रहेको थिएन ।

 

गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको अस्पताल बुधबार देखि औपचारिक रुपमा सञ्चालनमा आइसकेको छ भने पर्वतको बिहादी र बागलुङ्गका एक जना सहित दुई जनालाई आइसोलेसनमा राखेर परिक्षण गरिररहेको छ । उक्त अस्पताल तयार पार्दा र सञ्चालनमा लागेको खर्च सबै पालिकाले बेहोर्ने निर्णय भएको छ । हरेक हप्ता खर्चको बिबरण पर्वत अस्पतालले पेश गर्ने र सबै पालिकाहरुले उक्त खर्च संयुक्त रुपमा बेर्होने निर्णय भएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)