Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1406




कोरोना नियन्त्रणमा सम्बन्धित निकाय गम्भीर नभएको नेपाल मानव अधिकार संगठन पर्वतको निकर्ष
कोरोना नियन्त्रणमा सम्बन्धित निकाय गम्भीर नभएको नेपाल मानव अधिकार संगठन पर्वतको निकर्ष

जेठ १२, पर्वत । नेपाल मानबअधिकार संगठन जिल्ला शाखा पर्वतले विश्वभरि फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणमा जिल्लास्थित सरकारी कार्यालय र स्थानीय सरकार संवेदशिल र गम्भीर नभएको निकर्ष निकालेको छ । नेपाल मानबअधिकार संगठन जिल्ला शाखा पर्वतले भिडियो कन्फेन्स मार्फत आयोजना गरेको छलफलमा बोल्ने अधिकाँश व्यक्तिहरुले जिल्लामा कोरोना संक्रमणको जोखिमलाई जिल्लाका जिम्मेवारी निकायले वेवास्ता गरेको  आरोप लगाएको छ ।


साथै बैठकले स्थानीय तहले वितरण गरेको राहातमा अनियमिता भएको, बास्तविक पीडितले राहात नपाएको निकर्ष निकालेको शाखाका सचिव माधव पौडेलले जानकारी दिनुभयो  । संघिय सरकार, प्रदेश र स्थानिय सरकार गम्भिर नहुँदा पर्बतबासीहरुले मानवअधिकार तथा मौलिक अधिकारको अनुभब गर्न नपाएको गुनासो गरेकोले त्यस तर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेको पौडेलले बताउनु भयो ।



बैठकले लकडाउनको समयमा बिकास निमार्णको काम भन्दै शक्तिmको आधारमा मोटरबाटो खन्ने तथा सहमति बिपरीतका काम हुदै आएको प्रति समेत मानबअधिकार संगठनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । उक्त बैठक शाखा अध्यक्ष हरिनारायण रेग्मीको अध्यक्षतामा छलफल सम्पन्न भएको थियो ।



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)