Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1414




पर्वतका ४१ पत्रकारको कोरोना बिमा
पर्वतका ४१ पत्रकारको कोरोना बिमा

जेठ १३, पर्वत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पर्वत जिल्लाका ४१ पत्रकारको नेपाल पत्रकार महासंघ पर्वतले कोरोना बीमा गरेको छ ।


नेपाल पत्रकार महासंघ पर्वतले प्रति पत्रकार  एक लाख बराबरको कोरोना बीमा गराएको हो । कोरोना संक्रमणको उच्च जोखिममा पत्रकार रहेको भन्दै महासंघले क्रियाशिल पत्रकारहरूको बीमा गरिएको महासंघका अध्यक्ष छविलाल तिवारीले जानकारी दिनुभयो ।


व्यक्तिगत रुपमा बीमा गरीसकेका बाहेक जिल्लाका ४१ जना क्रियाशिल पत्रकारको बीमा गरिएको हो । बीमा कम्पनीको पछिल्लो नीति अनुसार कोरोना पोजेटिभ पिसिआर विधि मार्फत देखिएमा १ लाख बराबरको रकम कम्पनीले सम्बन्धीत व्यक्तिलाई भुक्तानी गर्नेछ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)