Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1295




भारतबाट फर्किएका ८२ जनाको स्वाव परिक्षणका लागि पठाईयो
भारतबाट फर्किएका ८२ जनाको स्वाव परिक्षणका लागि पठाईयो

जेठ २३, पर्वत । भारतका बिभिन्न शहरबाट पर्वतमा आई क्वारेण्टाईनमा बसेका ८२ जनाको कोरोना परिक्षण गर्न स्वाव संकलन भएको छ । बिगत एक हप्ता यता कुश्माका क्वारेण्टाईनमा बसेका उनीहरुको स्वास्थ्यकर्मीले स्वाव संकलन गरेका हुन् ।

संकलन गरिएको स्वावको परिक्षण गर्न पोखरा स्थित प्रयोग शालामा पठाइएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । स्वाव परिक्षणमा पठाइएकाहरु ६८ जना पुरुष र १४ जना महिला रहेका छन् । उनीहरुको अवको दुई तिन दिनमा रिपोर्ट आईपुग्ने देवकोटाले बताउनुभयो । पछिल्लो समय भारतबाट फर्किएकाहरुलाई क्वारेण्टाईनमा ल्याई ५ देखि ७ दिन सम्म राखेर मात्रै स्वाव परिक्षण गर्न थालिएको छ ।

आउँदा आउँदै स्वाव संकलन नगरि केहि दिन राखेपछि मात्रै परिक्षण गर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकल रहेकाले त्यसै अनुसार काम भएको हो । यसैबिच पर्वतमा भारतका विभिन्न स्थानबाट नागरिकहरु भित्रीनेको संख्या तिब्र रुपमा बढिरहेको छ ।

आज साँझ मात्र नेपाल भारतको सिमाना सुनौली हुँदै ११ जना नागरिक पर्वत आएका छन् । उनीहरुलाई शिवालय मावि कुश्माको क्यारेण्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिस श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)