Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1825




लकडाउनका कारण भारतको दिल्लीमा समस्यामा परेका नेपालीलाई हङकङबाट आर्थिक सहयोग
लकडाउनका कारण भारतको दिल्लीमा समस्यामा परेका नेपालीलाई हङकङबाट आर्थिक सहयोग

जेठ २३, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँठाखर्क जन्मभई हाल हङकङ बस्दै आउनु भएका समाजसेवी बिष्णु गुरुङको पहलमा भारतको दिल्लीमा लकडाउनको कारण समस्यामा परेका नेपालीहरुलाई आर्थिक सहयोग गरिएको छ ।


विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका करिव ८० जना नेपालीहरुलाई भारु १ लाख ४७ हजार रुपैयाँ सहयो गरिएको हो । रोजगारीको शिलशिलामा दिल्लीमा पुगेका नेपालीहरु लकडाउनका कारण उद्योग तथा करकारखाना र होटलहरु बन्द भएपछि उनिहरु समस्यामा पर्दै आएका थिए ।


रोजगारी गुमेपछि भोकभोकै बस्दै आएका नेपालीहरुको सहयोगर्थ समासजेवी गुरुङले हङकङमा बस्दै आएका नेपालीहरु सँग रकम उठाएर भारत पठाउनु भएको थियो । उक्त रकम दिल्लीमा बसोवास गदै आउनु भएका समाजसेवी सुस्मा ‘मेरी’ गुरुङ र उहाँका श्रीमान अर्जुन गुरुङको समन्वयमा उनीहरुलाई प्रदान गरिएको छ ।


राहात स्वरुप रकम पाएँपछि उनिहरु खुशी भएका थिए । आर्थिक अभाावका कारण अलपत्र परेको अवस्थामा उक्त रकमले धेरै सहज हुने उनिहरुले प्रतिक्रिया दिएको समाजसेवी सुस्मा ‘मेरी’ गुरुङले जानकारी दिनुभयो । लकडाउनका कारण पीडित बनेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई घरमा बोलाएर प्रति व्यक्ति भारु १५ सयका दरले रकम वितरण गरिएको मेरीले बताउनु भयो । ‘उनीहरुसँग मेरो घरसम्म आउने बस भाडा नभएपछि हामीले नै रकम दिएर बोलाएको र जानेबेलामा पनि बस भाडा दिएको हौँ,’ मेरीले भन्नुभयो ।


त्यस्तै यूके बस्दै आउनु भएका पर्वत आर्थरकी छोरी ज्वाई बिना गुरुङ र हेमन्त गुरुङले पर्वतका भीमबहादुर नेपालीलाई भारु १० हजार रुपैयाँ घर भाडा पठाईदिनु भएको छ । लकडाउनका कारण समस्यामा परेका नेपालीलाई सहयोग स्वरुप रकम पठाएको गुरुङ दम्पतीको भनाई छ ।

भारतको दिल्लीमा अलपत्र परेका नेपालीहरुलाई राहात सहयोग गर्नेहरुमा क्रमश :

बिष्णु गुरुङ – पहलकर्ता

रक्षा गुरुङ – पर्वत आर्थर

श्यामप्रसाद गुरुङ – पर्वत आर्थर

लिना गुरुङ– आर्थर पर्वत 

ओम गुरुङ– चितवन

बगभती गुरुङ– स्याङजा

नगेन्द्र गुरुङ– रुम्जाटार

बिनोद गुरुङ –पर्वत चित्रे

दिलवहादुर गुरुङ – पर्वत

प्रविन गुरुङ– पर्वत आर्थर

संजोग गुरुङ– पर्वत आर्थर

मनप्रसाद गुरुङ–स्याङजा

सन्तोषी गुरुङ–स्याङजा

माया गुरुङ– स्याङजा

बिनोद गुरुङ–स्याङजा

मंत्री गुरुङ– पर्वत आर्थर

गोबिन्द राण–पोखरा

राजेश श्रेष्ठ पोखरा

डाक्टर इश्वर गुरुङ–मेट्रो सिटी हस्पिटल पोखरा

सुरेन्द्र गुरुङ– पर्वत आर्थर

विकास गुरुङ– पोखरा

रविन्द्र तुलाचन–पोखरा

करण गुरुङ– स्याङजा

श्याम गुरुङ –पोखरा

मनोज गुरुङ– पर्वत आर्थर

मनुना गुरुङ– पर्वत आर्थर

शिवराज गुरुङ– पर्वत आर्थर

राजन गुरुङ– स्याङजा

अनिता गुरुङ–भम्दिस्यों

गोपाल पुन–कास्की

दुर्गा थापा– पैयुखोला पर्वत

केवल रुसि – पर्वत आर्थर

अर्जुन गुरुङ– पर्वत आर्थर

बिवी गुरुङ– पर्वत आर्थर

माधव गुरुङ

देउकला गुरु–

बसुथा राई

शांता गुरुङ

सुनिता गुरुङ

पदमकुमारी गुरुङ

रश्मी गुरुङ

शोभा राई

द्रोपदो गुरुङ

शर्मिला गुरुङ

तिर्थादेवी गुरुङ

सुनसरी गुरुङ

नन्दमाया गुरुङ

कृष्णकुमारी गुरुङ

काकीमाया गुरुङ


 


 


 


 


 


 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)