Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1502




पर्वतमा खानेपानी योजनाका लागि ४ करोड भन्दा ३७ लाख बजेट
पर्वतमा खानेपानी योजनाका लागि ४ करोड भन्दा ३७ लाख बजेट

जेठ २५, पर्वत । पर्वतमा खानेपानी आयोजनाका लागि ४ करोड भन्दा बढि रकम बिन्योजन भएको छ । संघीय सरकारले पर्वत जिल्लाका लागि कुल ४ करोड ३७ लाख रकम बिन्योजन गरेको हो ।  पर्वत जिल्लामा निर्माण हुने खानेपानी आयोजनाका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले आगामी आर्थिक बर्षका लागि कुल १४ वटा भन्दा बढि आयोजनाहरुका लागि उक्त रकम विनियोजन गरेको छ ।

विहादी गाउँपलिाकाका बहाकी शालिग्राम लिप्ट खानेपानी आयोजनाका लागि ५० लाख विनियोजन भएको छ । यसैगरी रानीपानी लिफ्ट खानेपानी आयोजनाका लागि विहादी गाउँपालिकामा नै ५० लाख विनियोजीत भएको छ ।

यसैगरी ठापाठाना खानेपानी आयोजनाका लागि ४० लाख र सल्यान लिप्ट खानेपानी आयोजना कुश्मा ३ का लागि ४० लाख रकम विनियोजन भएको छ । खनियाघाट खानेपानी आयोजन इक्रेनीका लागि २५ लाख विनियोजन भएको छ । विनियोजीत आयोजनाहरु मध्ये कुश्मा नगरपालिकामा कुश्मा ३ खानेपानी आयोजनाका लागि ७५ लाख विनियोजन भएको छ ।

 

यसैगरी खानीगाउँ चितिपानी खानेपानी आयोजनाका लागि ४० लाख रुपैंया विनियोजन भएको छ । टकलाक खानेपानी आयोजनाका १, २ र ३ का लागि २५ लाख, खौला खानेपानी आयोजनाका लागि १५ लाख, पैयू बजार खानेपानी आयोजनाका लागि ५ लाख छिपछिपे खानेपानी आयोजनाका लागि ५ लाख, बाच्छा खानेपानी आयोजनाका लागि १० लाख विनियोजन भएको छ ।

 

यसैगरी जिल्लाका विभिन्न आयोजनाहरुका सम्भाब्यता अध्ययन आगामी बर्ष हुने छ । जसमा कटुवाचौपारी राम्चे काफुलबारे पात्ले, खनियाधारा खानेपानी आयोजना तथा थापाठाना खानेपानी आयोजनाको सम्भाब्यता अध्ययन हुनेछ । बजेटमा सदरमुकाम कुश्मा बजारमा ढल निर्माण प्रशोधन आयोजनाका लागि ५० लाख रुपैंया समेत विनियोजन भएको छ । कार्यक्रममा एउटा आयोजना भने सह लगानी मार्फत सञ्चालन हुनेछ । पर्वत जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा सहलगानी खानेपानी तथा सरसफाई आयोजना आगामी बर्ष लागुबाट लागू हुनेछ ।

माथि उल्लेखीत संघीय अनुदानका आयोजनाहरु भने संघीय सरकारको मातहतमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सञ्चालन गर्दछ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)