Correspondent, ParbatNepal
6 years ago
1335
असार २४, पर्वत । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा। आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) को विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले वुधवार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सिसीएमसी) लाई हस्तान्तरण गर्नुभएको छ । सिसिएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पीपीई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार पिस नर्मल मास्क, र ४० पिस एम ९५ माक्स रहेको थियो । उक्त स्वास्थ्य सामग्री झण्डै दुईलाख बराबरको रहेको वताइएको छ ।
सामग्री हस्तान्तरण पछि पत्रकारसँग कुरा गर्दै तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवं काँग्रेसका युवा नेता विद्वान गुरुङले हरेक महामारी र विपत्ति सबैको साझा समस्या भएकोले यस्ता विपत्ती विरुद्धको अभियानमा एक भएर अघि बढ्नुको विकल्प नरहेको वताउनु भएको थियो । नेता गुरुङले यो सामग्री सहयोग गर्ने काँग्रेसका प्रभावशाली नेतृ आरजु राणा देउवा र सामग्री ल्याउन पहल गर्ने नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०को प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले समेत कोरोना विरुद्धको अभियानमा काँग्रेस युवा नेता मल्लले देखाएको सक्रियता कोभिड(१९ र पार्टी संगठनका निम्ति समेत अनुकरणीय रहेको बताउनुभएको थियो ।
उक्त स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि आज र भोलि गरि वितरण गर्ने कार्यक्रम रहेको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिनुभयो । अध्यक्ष मल्ल कोरोना विरुद्धको अभियानमा शुरुदेखिनै सक्रिय हुनुहुन्छ । उहाँले व्यक्तिगत रुपमै पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघिनै सहयोग गरिसक्नुभएको छ ।
