Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2033




पर्वत समाज यूएईको पिकनिकमा रमाए प्रवासी नेपाली
पर्वत समाज यूएईको पिकनिकमा रमाए प्रवासी नेपाली


रोशन तिवारी- पर्वत सेवा समाज यूएईले वैदेशिक रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरुको विचमा आत्मीयता सञ्चार गर्ने अवसर जुटाईदिएको छ । समाजले यहि अंगे्रजी पात्रो अनुसार जनवरी २६ तारिख सन् २०१८ मा पिकनिकको आयोजना गरेर उक्त अवसर जुटाएको हो । कामको शिलशिलामा वेफुर्सदी भएका नेपाली दाजुभाई दिदिवहिनीहरुलाई एकै ठाउँमा भेला भएर नेपालमा जस्तै वनभोज गरिएको छ । 


नेपाली गित संगीतमा नाचगान समेत भएको छ । विशेष गरि पर्वतका विभिन्न ठाउँवाट यूएईमा पुगेकाहरु सहभागि भएको पिकनिक ऐतिहासिक वनेको छ । सामाजिक संस्था रहेका कारण कार्यक्रममा सहभागि हुनेहरु मन खोलेर रमाएका थिए । 


कार्यक्रममा तीन सय वढिको सहभागीता रहेको थियो । नेपालमा वनभोजमा वरु सहभागी कम हुने गरेका छन् । तर यूएईमा नेपाली समाजहरु यति सक्रिय छ कि कुनै कार्यक्रम आयोजना भएमा सबैजना सक्रिय रुपमा सहभागि हुने गरेका छन् । विदेशमा नेपालीहरुको आत्मियता निकै प्रगाढ रहेको हुन्छ । 


यसैविच पर्बत सेवा समाज यु.ए. ई. द्वारा आयोजित बृहद बनभोज कार्यक्रम लाइ सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण यु.ए.ई. बासि नेपाली दाजुभाई (दिदीबहिनीहरु , विभिन्न संघसस्था ,समाजसेवी, बुद्दिजिबि ,ब्यबसायी ,पत्रकार तथा कार्यक्रम मा उपस्थित भई सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी महानुभाब हरुलाई पर्बत सेवा समाज यु.ए.ई.ले आभार प्रकट गरेको छ । 


त्यस्तै कार्यक्रम लाइ सफल बनाउन अहोरात खटिने सस्थाका सम्रक्ष्यक,सल्लाहकार ,कार्यक्रम संयोजक,सहसंयोजक,केन्द्रिय तथा क्षेत्रिय समितिका पधाधिकारी, तथा सदस्यहरु पर्बत बासि दाजुभाई दिदि बहिनिहरुका साथै कार्यक्रम मा विभिन्न तवर बाट (जस्तै गाडी उपलब्ध गराउने खाना पकाउने इत्यादी ) सहयोग गरि कार्यक्रम लाइ सफल बनाउने सम्पूर्ण लाइ पर्बत सेवा समाज हार्दिक धन्यवाद ब्यक्त गर्दछ भनिएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)