Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1413




पर्वतमा आज २० जना कोरोनामुक्त
पर्वतमा आज २० जना कोरोनामुक्त

असार २७ पर्वत । पर्वतमा कोरोना संक्रमित भई आईसोलेसनमा भर्ना भएका २० जना कोरोनामुक्त भएका छन् । कोरोना पुष्टि भई अस्थाई कोरोना अस्पतालमा भर्ना भएका २० जनाको दोस्रो पटकको परिक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गर्न थालिएको हो ।

आज डिस्चार्ज हुनेमा १८ जना पुरुष र २ जना महिला रहेको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । जिल्लामा कुल संक्रमित ९१ रहेकोमा निको हुनेको संख्या ७१ पुगेको छ । अव आईसोलेसनमा रहेकाको संख्या २० जना मात्रै रहेको देवकोटाले बताउनुभयो ।

जिल्लामा संक्रमित हुने दर घट्दै गइरहेको पर्वत अस्पतालले जनाएको छ । पछिल्लो १ हप्तामा मात्र १ जना संक्रमित भेटिएका छन् । क्वारेन्टाइनमा बसेकाहरुको पनि रिर्पोट नेगेटिभ आउन थालेको छ । आज मात्रै क्वारेन्टाइनमा बसेकाहरु मध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)