Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

85




पर्वतको दुर्लुङ्गका पहिरो : पिडीतलाई दुर्लुङ सम्पर्क मञ्च हङकङको साढे ५ लाख आर्थिक सहयोग
पर्वतको दुर्लुङ्गका पहिरो : पिडीतलाई दुर्लुङ सम्पर्क मञ्च हङकङको साढे ५ लाख आर्थिक सहयोग

पर्वतको कुस्मा नगरपालिका - दुर्लुङमा गएको पहिरोका पिडीत परिवारलाई दुर्लुङ सम्पर्क मञ्च हङकङले आर्थिक सहयोग गरेको दुर्लुङ सम्पर्क मञ्च हङकङले आइतबार आयोजित एक कार्यक्रमका बिच लाख ३६ हजार ९६ रुपैया आर्थिक सहयोग गरेको हो कुस्मा नगरपालिका वडा नं को आयोजनामा भएको कार्यक्रममा पिडीत परिवारलाई मञ्चका सहसचिब बिरोधबिक्रम गुरुङ्गले नगद सहयोग हस्तान्तरण गर्नुभयो


मञ्चको तर्फबाट परिवारका सदस्य गुमाएका ओमबहादुर थापा बिकास बिकलाई प्रति परिवार लाखका दरमा आर्थिक सहयोग गरेको भने माइतीमा आएका बेला मृत्यु भएकी दिर्पा थापाको परिवारलाई ७० हजार सहयोग गरेको यसैगरी पहिरोमा घर भत्तेका बिनोद सार्कीलाई २५ हजार, भुवन गिरीलाई १२ हजार सय सहयोग गरेको यस्तै पहिरोमा बिस्थापित भएका नन्दी गुरुङ्ग पशुपति सिञ्जालीलाई प्रति परिवार १२ हजार रुपैयाका दरमा सहयोग गरिएको भने पहिरोको समयमा मानवीय उद्दारमा खटिएकी स्वास्थ्य चौकीकी कार्यलय सहयोगी इश्वरी शर्मालाई पनि हजार सहयोग गरिएको

मञ्चले हङकङमा सहयोग रकम संकलन गर्ने क्रममा पर्वत क्लब हङकङ नमोबुद्ध आमा समुह हङकङको पनि ठुलो सहयोग रहेको अध्यक्ष मञ्चका अध्यक्ष उद्दिम गुरुङ्गले जानकारी दिनुभयो
सहयोग रकम हस्तान्तण गर्दै मञ्चका सहसचिब बिरोधबिक्रम गुरुङ्गले दुर्लुङमा भएको मानवीय क्षतिले देश बिदेशमा रहेका दुर्लुङबासी शुभेच्छुकहरुलाई पिडाबोध भएको बताउँदै सम्पर्क मञ्चले आफ्नो गाउँमा भएको पिडामा थोरै भएपनि सहयोग गरेर पिडामा मल्हम लगाउने काम गरेको बताउनुभयो पहिरोका कारण अकल्पनीय मानवीय क्षति भएको चर्चा गर्दै सहसचिब गुरुङ्गले यस्तो बिपदको घडीमा सबैले एक भएर पिडीत परिवारको राहात उद्दारको काममा लाग्दा पिडीत परिवारलाई राहत समुदायको बिचमा एकताको सन्देश जान्छ भन्नुभयो

उहाँले दुर्लुङबासी, चेलीबेटी शुभेच्छुकहरुको सहयोगमा नै रकम संकलन गर्न संभव भएको बताउँदै माइतीमा आएकी चेली भान्जाको नाममा नमुना अक्षयकोष स्थापना गर्न रकम संकलन भैरहेको पनि जानकारी दिनुभयो दिर्पा बिबेक अक्षयकोषको रकमले भविश्यमा बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक प्रकोपबाट पिडीत परिवारलाई राहत दिने उद्देश्यले नवप्रतिभाशाली युवाक्लबले अक्षयकोष स्थापना गर्न लागेकोले देशबिदेशबाट सहयोग रकम जुटिरहेको भन्नुभयो


कुस्मा नगरपालिका वडा नं का अध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङ्गमा भएको प्राकृतिक बिपत्तीमा देश बिदेशबाट ठुलो रकम सहयोग भएको बताउँदै संघीय सरकार, प्रदेश सरकार स्थानिय तहबाट पनि राहत पुर्नस्थापनाका लागि काम भैरहेको भन्नुभयो कार्यक्रममा स्वागत वडा सदस्य यमनाथ शर्मा सञ्चालन वडा कार्यालयका सचिब यामप्रसाद शर्माले गर्नुभएको थियो


दुर्लुङमा जेठ ३१ गते राती गएको पहिरोमा जनाको मृत्यु भएको थियो धेरै परिवार बिस्थापित भएका छन पहिरो गएपछि रोकथाम पुर्नस्थापनाको काम समेत भैरहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)