Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

130




केही ठाउँमा ठूलो वर्षा
केही ठाउँमा ठूलो वर्षा

असार २८, पर्वत । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । स्याङ्जाको आँधीखोला, बाँधखोला लगायत साना नदीमा आकश्मि बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम छ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)