Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1514




पर्वतका रेग्मीको पोर्तुगलमा निधन
पर्वतका रेग्मीको पोर्तुगलमा निधन

 

पर्वत । पर्वत घर भई रोजगारीको शिलशिलामा पोर्तुगल पुगेका यहाँका एक नेपालीको मृत्यु भएको छ । पर्वतको महाशिला गाउँपालिका –४ पाखापानीका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो । उनी पोर्तुगलको लुङ्गेरिया बस्दै आएका थिए ।

 

४२ बर्षिय रग्मी विगत ५ बर्षदेखी पोर्तुगलमा बस्दै आएका थिए । नेपालमा उनको श्रीमतीसहित १२ वर्षीय छोरा र ७ वर्षीय छोरी रहेका छन् । श्रीमतीसहित छोरा छोरीको भिसा लागिसकेकोमा कोरोनाका कारण पोर्तुगल आउन पाएका छैनन् ।

 

नेपालमा मृतकका परिवारसँग घटनाबारे जानकारी गराइसकेका छन् । उनको अन्तिम संस्कारबारे टुङ्गो लागिसकेको छैन । यद्यपि कोरोना महामारीका कारण पार्थीव शरीर नेपाल पठाउन अवस्था प्रतिकूल रहेको छ । पोर्तुगलमा २०१० यता ३८ नेपालीले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)