Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1468




पर्वतमा बर्षाका कारण कारागार भत्कियो, महिला बन्दीको व्यवस्थापनमा समस्या
पर्वतमा बर्षाका कारण कारागार भत्कियो, महिला बन्दीको व्यवस्थापनमा समस्या

पर्वत । दुईदिन देखीको बर्षाले पर्वत कारागारमा भत्किएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको हो ।


पर्खाल भत्किएपछि महिला बन्दी गृहमा रहेका बन्दीहरुलाई अन्यत्र सार्ने तयारी थालिएको उहाँको भनाई छ ।  महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन । उनीहरुलाई बागलुङ वा म्याग्दीमा लैजाने तयारी भईरहेको  छ ।


ति ठाउँमा पनि ठाउँ नभए अन्यत्र पनि लान सकिने प्रजिअ रेग्मीले पर्वत नेपाललाई जानकारी दिनुभयो ।  पर्वत कारागारका सबै संरचना जीर्ण भएका छन । कारागारमा महिला बन्दी गृह बनाउन शुरु गरिएपछि बजेट अभाबमा एक दशक देखि अलपत्र छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)