Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1676




फेसबुकमा भ्रमक भिडियो पोष्ट गर्ने व्यक्तिलाई खोजी गदै पर्वत प्रहरी
फेसबुकमा भ्रमक  भिडियो पोष्ट गर्ने व्यक्तिलाई खोजी गदै पर्वत प्रहरी

साउन ९, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा बाढि आएर घरहरु बगाएको भन्ने नक्कली भिडियो पोष्ट गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी थालेको छ ।

अन्यत्र कुनै ठाउँको भिडियोलाई पर्वतको देउपुर स्थित मैदानमा ठुलो बाढि आएको र विभिन्न घरहरु जोखिममा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएको थियो ।

पर्वतको देउपुर त्यस्तो कुनैपनि बाढिको जोखिममा नभएकोले उक्त अनर्गल प्रचारका पछाडि नलाग्न जिल्ला प्रहरी कार्यालय पर्वतले अनुरोध गरेको छ ।

प्राकृतिक विपत्ति जस्तो संवेदनशिल कुरामा भ्रामक झुट्टा फैलाउने खालका सामाग्रीहरु दिई त्रास फैलाउने काम गरेको भन्दै त्यस्ता व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त भ्रामक भिडियो सामाग्रीको विश्वास नगर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)