Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1384




बिहादी : धानको गाभा कुहीन थालेपछि कृषक चिन्तीत
बिहादी : धानको गाभा कुहीन थालेपछि  कृषक चिन्तीत

१४ साउन, पर्वत । धान रोपेको एक साता मै गाभा कुहीन थालेपछि पर्वतको विहादीका कृषकहरु चिन्तीत बनेका छन । उन्नत जातको धानमा यस्तो समस्या देखिएको किसानहरु बताउँछन् ।

 

किसानहरुले रोपेको ६४४४ हाईब्रिड जातको धानमा हिस्पा नामक खपटे किराले गाभा खाईदिने गरेका कारण रोपो कुहीएको जानकारी दिएका छन् । राम्रो उत्पादन दिने भन्दै लगाएको धानमा रोपेको एक साता मै किरा लागेर धानको रोपो कुहीने र मर्ने समस्या देखा परेको कृषक ऋषिराम भुसालले बताउनुभयो । यस वर्ष लगातार मकैमा फौजि किरा र सलह लगायतको प्रकोप बढीरहेको वेला भ्रखर रोपेको धानमा समेत हिप्सा किरा देखा परेपछि समाधानको उचित उपायको खोजि गरेको भुसालले बताउनुभयो ।

 

अहीले विहादी मात्र नभई पैयुँका विभिन्न फाँटहरुमा समेत रोगको फैलावट भएको कारण धेरै उत्पादन हुने जिल्लाको उत्पादक क्षेत्रका किसानहरु मर्कामा परेका हुन । धान पकेट क्षेत्र समेत रहेको यस क्षेत्रमा धानमा देखीएको समस्याको समाधानको लागि दक्ष प्राविधिकको समेत अभाव हुँदा समस्या समाधान नभएको हो । गाउँ पालिकाका अध्यक्ष कमल प्रसाद भुसालले गाउँ पालिकामा धान रोप्व्ने क्रम जारी रहेको अवस्था मै किराको प्रकोप बढेका कारण निरास हुनु परेको बताए ।

 

किसानहरु उन्नत जातमा अग्रसर भई राख्दा रोग र किराको प्रकोप बढन थालेपछि अहीले सयौं किसान निरास हुनु पर्ने अवस्था आएको भुसालले बताए । विहादी गाउँ पालिकाका पिलुवा टिमुरे ,लिमसीङमा सयौँ रोपानीमा लगाएको धानखेतीमा किराको प्रकोप बढेको छ । गाउँ पालिकामा दक्ष कृषि प्राविधीकको अभाब कारण पनि समस्या सुमाधान हुन नसेकको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)