Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1387




पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा
पार्टी कार्यालय बनाउन निःशुल्क जग्गा

साजन नेपाली, वारीबेनी, पर्वत ।  पार्टीको वडा कार्यालय भवन बनाउन यहाँका एक वृद्धले निशुल्क जग्गादान गरेका छन् । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौरका देवी प्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यालय भवन निर्माणको लागि निःशुलक जग्गादान गरेका हुन् ।


पौडेलले आईतबार ८ आना जग्गा नेकपा वडा कमिटिको नाममा दिएका छन् । वडामा पार्टीको कार्यालय बन्ने भएपछि आँफुले निशुल्क जग्गा दिएको पौडेलले बताए । स्थानीय मुल्य अनुसार उनको जग्गालाई ३ लाख रुपैयाँ पर्छ ।

 

पौडेलले जग्गा दिएपछि वडा कमिटिको भवन बनाउने बाटो खुलेको नेकपा वडा कमिटिका नेता कृष्ण पौडेलले बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)