Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1605




मध्यरातमा बाख्रा चोरी
मध्यरातमा बाख्रा चोरी

साउन २१, पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ परादीमा खोरबाट बाख्रा चोरी भएका छन् । परादीका टंकप्रसाद सुबेदीका खोरबाट साउन १८ गते एउटा बोयर जातका बोको र एउटा व्याउनी बाख्रा चोरी भएको हो । बाख्राचोरी भएको विषयमा सुबेदीले प्रहरीलाई जानकारी दिनुभयो ।


चोरको खोजी गरिदिन अनुरोध गर्नुभएको छ । सुबेदीले राती १ बजेको समयमा बाख्रा कराएपछि हेनै जाँदा चोरी भएको थाहा पाएको बताउनुभयो । प्रहरीले चोर पत्ता लगाउने विश्वास रहेको सुबेदीले बताउनुभयो । खोरबाट बाख्रा चोरी भएपछि छिमेकी समेत त्रसित भएका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)