Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1305




पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२१ साउन, पर्वत ।  पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टका सहचालक एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।

 

मोदी गाउँपालिकाको वडा नं.७ राम्जादेउरालीवाट वडा नं. २ देउपुर तर्फ आउँदै गरृेको ग। १ त. ६२७९ नम्बरको खाली ट्याक्टर अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका वडा नं. ५ बाजुङका सहचालक २१ वर्षिय युवा विजय नेपालीको मृत्यु भएको हो । अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालीका वडा नं. २ बस्ने सन्तोष बि।क। लाई नियन्त्रणमा लिई थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)