Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1340




पर्वत वेल्फेयर सोसाईटी यूकेद्धारा पहिरो पीडितलाई नगद सहयोग
पर्वत वेल्फेयर सोसाईटी यूकेद्धारा पहिरो पीडितलाई नगद सहयोग

 

पर्वत । पर्वतको बिहादी गाउँपालिका–५ उराम सिव्दीखोलाका पहिरो पीडितलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ । असार १५ गते गएको पहिरोका कारण  समस्यामा परेका दुई व्यक्तिलाई रोजगारीको शिलशिलामा (बेलायत) यूके पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत वलफेयर सोसाईटी यूकेले जनही ५० हजार सहयोग गरेको हो ।

पर्वत वेल्फेयर सोसाईटी यूके (बेलायत) कासदस्य भीमलाल भट्टाईले दिएको जानकारी अनुसार पहिरोले भएको क्षतिप्रती दुखब्यक्त गर्दै  भगीरथी काफ्लेलाई र  चेतराम काफ्लेलाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

उराममा पहिरो गए लगत्तै सोसाईटीका अध्यक्ष नेत्र आले लगायत पदाधिकारीहरुको बैठकले भीमलाल भट्टराईको संयोजकत्वमा रकम हस्तन्तारण गर्ने निर्णय गरेको थियो ।

उक्त रकम उरामका वडा अध्यक्ष श्यामवहादुर केसी,  स्थानिय समाजसेवी ताराप्रसाद भुसाल, छविलाल काफ्ले, पुर्ण काफ्फे तथास्थानिय युवा सुमन भुसालको ठुलो सहयोगमा पीडितलाई रकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)