Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1285




पर्वतको पिपलटारीमा साढे ८ सय भन्दा बढि विरुवा रोपियो
पर्वतको पिपलटारीमा साढे ८ सय भन्दा बढि विरुवा रोपियो

साउन ३१, पर्वत पर्वतको कुश्मा नगरपालिका वडा नं। १० पिपलटारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको

गाउँलाई बृक्षारोपणको माध्यमवाट हरियाली हराभरा बनाउने उद्धेश्यले असार साउन महिनामा गरी साढे सय भन्दा बढि बिरुवाहरु रोपण गरिएको हो नेकपाका नेता तथा राजनीतिक व्यक्तित्व गणेश शर्मा पौडेलको पहलमा डिभीजन वन कार्यालय पर्वतको सहयोगमा एकोहोरे सामुदायिक वनको व्यवस्थापनमा बृक्षारोपण गरिएको हो

आँप, चाप, निम, बास, कुरिलो, लगायतका बिरुवाहरु रोपण गरिएको स्थानीय सन्तोष पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार एकोहोरे सामुदायिक बन व्यक्तिका खाली तथा पाखो जमिनमा बिरुवा रोपिएको हो बृक्षारोपण गर्नका लागि स्थानीय युवा तथा महिलाहरुको सक्रिय सहभागिता रहेको थियो

सो अवसरमा नेकपाका नेता गणेश शर्मा पौडेलले अनावश्यक रुखहरु हुर्काएर बन क्षेत्र बढाउनुभन्दा प्रत्यक्ष फाईदा लिन सकिने रुखहरु रोप्नमा जोड दिनुपर्ने बताउनुभयो उहाँले बन जोगाउनमा मात्र केन्द्रीत नभई यसवाट उपभोक्ताहरुलाई प्रत्यक्ष फाईदा हुने खालका कार्यक्रमहरु सरकारले अघि बढाउनुपर्ने नेता पौडेलको भनाई रहेको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)