
Correspondent, ParbatNepal
6 months ago
252

साउन ३२, पर्वत । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को समयमा देशभर रगतको अभाव भएसँगै पर्वतमा रक्तदान थालिएको छ । रगत अभाबलाई मध्यनजर गर्दै अभाव हुन नदिन आईतबार रक्तदान कार्यक्रम थालिएको हो । जहाँ ८६ जनाले रक्तदान गरेका छन् ।
महामारीको घडिमा रगत अभाव हुन नदिन रक्तदान गरिएको आयोजक लायन्स क्लब अफ कुश्मा बृज सिटिले जनाएको छ । कोरना संक्रमणको कारण मानिस घरमै रहने तथा चाहिएको बेलामा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरीएको लायन्स क्लब अफ पर्वत बृज सिटिका अध्यक्ष सुर्वण अर्यालले बताउनुभयो । यस्तो समयमा गण्डकी प्रदेशको राजधानी लगायतका शहरहरुमा रगतको अभाब हुन थालेसंगै रक्तदान कार्यक्रम आयोजना गरीएको पनि उहाँले बताउनुभयो ।
देशभर रगतको अभाव भएको समाचार आइरहँदा बृज सिटिले आयोजना गरेको रक्तmदान कार्यक्रममा समाजका विभिन्न तहका नागरिकले साहसका साथ रक्तदान गरेको अध्यक्ष अर्यालले बताउनुभयो । उहाँले भन्नुयो,‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटी पर्वतको समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशिले (कोभिड–१९)को महामारीको समयमा क्लबले गरेको काम सहनिय रहेको बताउनुभयो । देशभर महामारी मात्र नभएर धेरै ठाउँहरुमा बाढी पहिरोबाट मानीसहरुको ज्यान जानुका साथै घाईते भएको अबस्थामा रगतको आबश्यकता पर्ने भएकोले यसबाट ठुलो राहात पुग्ने बताउनुभयो ।
कोभिड–१९_ को महामारी र कतिपय ठाउँहरुमा रगत अभावको बेला लायन्स क्लब अफ पर्वत बृज सिटिले गरेको रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्र रिमालले बताउनुभयो । ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै रगत लिएको उहाँले बताउनुभयो ।