Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

2 months ago

157




जलजलामा बिदेशबाट फर्केका यूवालाई अनुदान दिने कार्यक्रम
जलजलामा बिदेशबाट फर्केका यूवालाई अनुदान दिने कार्यक्रम


माघ २ पर्वत । पर्वतको जलजला गाउँपालिकाले बिदेशबाट फर्किएका यूवाहरुलाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ । कोभिडका कारण रोजगारी गुमेर फर्किएका यूवाहरुलाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफुल खेती, व्लक उद्योग लगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जनाएको छ । 

गाउँपालिकाले बिदेशबाट फर्किएका यूवाहरुलाई व्यवसाय सञ्चालन गर्न चाहेमा माघ १७ गते भित्र निवेदन दिन सुचित गरेको छ । जलजला गाउँपालिकामा कोभिडका कारण रोजगारी गुमेर फर्किएका यूवाहरुको संख्या करिव ४ सय रहेको अनुमान छ । कोभिडका कारण रोजगारी गुमेर फर्केका यूवाहरुलाई व्यवसाय गर्न चाहेमा योजना सहित निवेदन दिन अनुरोध गरिएको प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । 

शर्माले बिदेशबाट फर्किएका यूवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्न अनुदानमुखी कार्यक्रम ल्याइएको बताउनुभयो । तत्कालका लागि गाउँपालिकाले अनुदान वितरण गर्न २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यूवाहरुको संख्या र मागका आधारमा अर्को वर्ष देखि बजेट बढाउने तयारी रहेको शर्माले बताउनुभयो । 

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाले चालु वर्षको नीति तथा कार्यक्रममा यूवा लक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनुभयो । कतिपय यूवाहरुलाई नीति तथा कार्यक्रम अनुसारको कार्यक्रमले सम्बोधन गरिने मल्लको भनाई छ । 

गाउँपालिकाले कृषि तथा पशुपालन तर्फका कार्यक्रम बाट पनि बिदेशबाट फर्किएका यूवाहरुलाई अनुदान दिने कार्यक्रम तय गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी तथा फलफुल खेती विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ । गाउँपालिकाले सबै वडामा बाँझो रहेको र सार्वजनिक जग्गा कब्जा गरिएको बारेमा खोजी गर्न शुरु गरेको छ ।   


सम्बन्धित समाचार (जलजला गाउँपालिका )