
Correspondent, ParbatNepal
2 months ago
337
.jpg)
माघ ४ पर्वत । पर्वतमा नेपाली काँग्रेसको नेतृत्वमा निर्माणाधिन विपी स्मृति भवन निर्माणका लागि बिदेशमा पनि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । भवन निर्माणका लागि यूरोपमा विपी स्मृति भवन निर्माणका लागि सहयोग संकलन गर्न एक समिति बनाएर सहयोग संकलन भैरहेको छ । समितिले जनाए अनुसार अहिले सम्म १३ लाख रुपैयाँ संकलन भएको छ । एकमुष्ठ सहयोग हस्तान्तरण गर्ने तयारी रहेको विपी स्मृति भवन निर्माण समिति स्वीडेनका सदस्य अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
भवन निर्माणको सहयोगार्थ युरोप (सेञ्जेल) क्षेत्रमा रहेका डेमोक्रयाट नेपालीवाट सहयोग संकलन गर्न एक मुल समिति र देशैपिच्छे फरक फरक समिति बनाएर अभियान चलाईएको छ । स्थापनाकाल देखी भाडाको घरमा बस्दै आएको पर्वत काँग्रेसले सुरु गरेको भवन निर्माण अभियानमा युरोपमा बस्दैआएका डेमोक्रयाट नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
समितिको संयोजकमा सुभाष जोशी (बेल्जियम) रहनु भएको छ । समितिको सदस्यमा मनोहरी शर्मा (नेदरल्याण्ड), इन्द्र शर्मा (स्पेन), यामलाल सुवेदी (डेनमार्क), अर्जुन श्रेष्ठ (स्वीडेन), कमल केसी (फ्रान्स), राजकुमार मल्ल (पोर्चुगल, गुणराज शर्मा (स्वीजरल्याण्ड) र सदस्य सचिवमा झलक केसी (बेल्जियम) रहनु भएको छ ।
सहयोग संकलनका लागि भवन निर्माण मुल समिति पर्वतले समिति गठन गरि युरोप पठाएको थियो । विपीको स्मृतिमा बन्ने भवन सबैको साझा सम्पती रहेकाले यूरोपमा रहेका पर्वतेलीहरुले स्वतस्फूर्त सहयोग प्रदान गरिरहेको सदस्य सचिव झलक केसीले जानकारी दिनुभयो ।कोभिड १९ को प्रकोपका कारण विश्व आक्रान्त भएको छ । यस्तो संकटको बेलामा पनि यूरोपमा रहेका डेमोक्रयाटहरुले सक्दो सहयोग गरेका छन् ।
विपीका अनुयायी र आदर्शका समर्थकहरुले सहयोग अभियानमा आर्थिक सहयोग जुटाएका हुन् । विपी स्मृति भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले देशबिदेशमा रहेका दाजुभाई तथा दिदिबैनीहरुलाई भवन निर्माणका सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ । यूरोपमा समिति बनाएर सहयोग संकलन भैरहेकोमा जोशीले आभार व्यक्त गर्नुभएको छ । जोशीले सबैको सामूहिक प्रयासले नै विपी स्मृति भवन निर्माण हुने भएकाले सहयोग गर्न अनुरोध गर्नुभएको हो । भवन निर्माणको काम सकेर ठेकेदारले हस्तान्तरणको तयारी गरेको छ ।