Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1183




कृषि उपजको जिम्मा नगरपालिकाले लिने
कृषि उपजको जिम्मा नगरपालिकाले लिने



बैशाख ९ पर्वत । किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ । फलेबास नगरपालिकाले किसानलाई उत्साही बनाउदै कृषिमा ब्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य बस्तुको जिम्मा लिने घोषणा गरेको हो । 

‘किसानले बिक्री गर्न सकेको अन्नबाली, तरकारी, दुध, अण्डा बिक्री हुन्छ, बिक्री नभएर बाँकी रह्यो भने फलेबास नगरपालिकाले किनिदिन्छ’ फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले भने । उनले अब नगरभित्रका कुनैपनि किसानले आफुले उत्पादन गरेको कृषिजन्य बस्तु बिक्री नहुने समस्या नरहेको दाबी गरे । 

‘आफुले उत्पादन गरेको बस्तु बिक्री भएन भनेर चिन्ता लिने अवस्था अन्त्य भएको छ, नगरपालिकाले बिक्री नभएको सबै कृषिजन्य बस्तु खरिद गरिदिन्छ’ नगर प्रमुख शर्माले भने । नगरपालिकाले नगरलाई अन्नबाली, तरकारी, दुध, अण्डा र मासुमा आत्मनिर्भर गराउने योजनाका साथ किसानलाई राहत र प्रोत्साहन मिल्ने कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । 

चालु आर्थिक बर्षमा फलेबास नगरपालिकाले झण्डै साढे दुई करोड रुपैयाँ किसानलक्षित कार्यक्रम सञ्चालन गरेको छ । ‘चालु आर्थिक बर्षमा किसानलाई लक्षित गरेर साढे दुई करोड रुपैयाँको अनुदानसहितका कार्यक्रम सञ्चालन गरेका छौ’ उनले भने–‘हाम्रो मुख्य उद्देश्य फलेबास नगरपालिका कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने नै हो ।’ 

कृषि उत्पादनका लागि उत्कृष्ट मानिएको फलेबास नगरपालिकामा विभिन्न अन्नबालीका साथै तरकारी खेती, फलफुलखेती, दुध उत्पादन, बाख्रा, कुखुरा, बंगुरपालनका विशेष मानिन्छ । तरपनि फलेबास नगरपालिकामा अहिले खाद्यान्न, तरकारी, मासुबाहिरबाट नियमित रुपमा भित्रिने गरेको छ । 

फलेबास नगरपालिकाबाट दुध भने सदरमुकाम कुश्माबजार र स्याङ्जाको विभिन्न ठाउँमा निर्यात हुने गरेको छ । नगरपालिकाले कृषिजन्य सबै बस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउदै नजिकका बजारमा निर्यात समेत गरेर कृषिबाटै समृद्धिको लक्ष्य लिएको छ । ‘अहिले फलेबास नगरपालिकामा खाद्यान्नसहित तरकारी र मासुजन्य बस्तु भित्रिएको छ, त्यो पूर्ण रुपमा रोकेर फलेबासमा उत्पादन भएको बस्तु बाहिर पठाउने बनाउने हाम्रो लक्ष्य हो’ नगर प्रमुख शर्माले भने । 

खाद्यान्न नियमित रुपमा आयात भएपनि तरकारी र मासु भने बेसिजनमा मात्रै फलेबास नगरपालिकाका विभिन्न स्थानीय बजारमा भित्रिने गरेको छ । फलेबास नगरपालिकाको शंकरपोखरी, देबिस्थान, कुर्घा, पाङराङ, कार्कीनेटा तरकारी उत्पादनका पकेट क्षेत्रभित्र पर्छन । शंकरपोखरी, कुर्घा, लिमिठाना, कार्कीनेटा दुध उत्पादन गरी बाहिर पठाउने वडा हुन । नगरपालिका प्रमुख शर्माले अहिले नगरपालिकाले एकीकृत गुरुयोजना निर्माण सुरु गरेको र त्यसअन्र्तगत कुन ठाउँमा कुन बस्तु बढी उत्पादनका लागि राम्रो हुन्छ माटोसमेत परिक्षण गरेर नगरपालिकाले लगानी गर्ने तयारी गरेको बताए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)