Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1882




वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्द
वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको  बन्द

वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)