Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2250




नेपाली साँसद देखि कलाकार सम्म लण्डनमा
नेपाली साँसद देखि कलाकार सम्म लण्डनमा

लण्डन । जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रममा पर्वतका साँसदहरु र कलाकारहरुको एकैथलोमा भेट हुँदैछ । युकेमा बस्ने पर्वतेली सहित विश्वका बिभिन्न देशमा रहेका पर्वतका ग्रैह आवसियहरुको सहभागितामा हुने कार्यक्रमको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । पर्वतबाट प्रतिनिधीसभा सदस्य पदम गिरी, लालकाजी गुरुङ, प्रदेश साँसद बिकास लम्साल, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल लाई समेत कार्यक्रममा सहभागी गराईने भएको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउन र सबैलाई उचित सम्मान दिन आयोजक दिनरात तयारीमा लागेको छ ।

पर्वतका राष्ट्रिय स्तरमा चर्चित कलाकार बिमलराज क्षेत्री त एक महिनादेखी युकेमा हुनुहुन्छ । यो कार्यक्रममा सहभागि भएर क्षेत्री स्वदेशमा फर्किनुहुनेछ । पर्वतका नेतादेखि कलाकार र विदेशमा विभिन्न पेशा व्यवसाय गर्दै सामाजिक संस्थाको नेतृत्व गरेका व्याक्तिहरुको जमघटले पर्वतमा दिर्घकाल सम्म फाईदा हुने गरि कुनै योजना सञ्चालन हुने जनाइएको छ । 

नेपालबाट जाने साँसद देखि कलाकारहरुको भिसा ग्यारेण्टी गर्ने, वसोबासका लागि होटल बुकिङ गर्ने कार्यहरु भैरहेको छ । विभिन्न देशमा रहेका पर्वतेली संस्था संग पनि निरन्तर संवाद भैरहेको छ । पर्वतबाट सहभागी हुने विशिष्ट पाहुना मध्ये साँसद पदम गिरीको भिसा स्विकृत भैसकेको पर्वत समाज यूकेका महासचिव भरत पौडेलले जानकारी दिनुभयो । आमन्त्रित अन्य पाहुनाहरुको पनि भिसाको टुंगो लाग्दैछ । च्यारिटी कार्यक्रमका लागि नेपालबाट आउनु हुने अथितिहरुले भिसा निबेदन बुझाउनु भएको र भिसा चाहिने अन्य पाहुना र अथिति हरुको भिसा प्रक्रिया सुरु भैसकेको जानकारी समाजका महासचिव गुणराज शर्माले दिनु भयो । 

बेलायतको अल्डरशटस्थित द एम्पायर हलमा हुने उक्त कार्यक्रमको लागि बेलायतमा रहेका पर्बतेली संघसंस्था र अन्य संघसंस्था लाइ निमन्त्रणा  दिईसकिएको जानकारी पर्वत वेलफेयर सोसाईटी युकेका अध्यक्ष दधि आचार्यले जानकारी दिनु भयो । यो कार्यक्रम पर्वत जिल्लाकै हितका खातिर आयोजना गरिएको आचार्यले बताउनुभयो । समृद्ध पर्वत भन्ने अभियान लिएर कार्यक्रमको आयोजना गरिएको हुनाले यसले पर्वतको समृद्धिमा सफलता हासिल हुने उहाँले बताउनुभयो । 

यो च्यारिटी कार्यक्रमबाट समाजले एक करोड रुपैयाँ संकलन गर्नेे लक्ष्य लिएको छ । परोपकारी कार्यमा संकलन भएको रकम सदुपयोग गर्ने समाजको उदेश्य रहेको छ ।

NA
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)