Correspondent, ParbatNepal
8 years ago
3144
जेठ १२, पर्वत– प्रतिनिधी साँसद लालकाजी गुरुङ र जलजला गाउँपालिका प्रमुख यामवहादुर मल्ल ‘रामकृष्ण’ यूके जानु हुनेभएको छ ।
जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रममा लागि साँसद गुरुङ र गाउँपालिका प्रमुख मल्लको यूकेको भिसा आज स्वीकृत भएको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ ।
अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीका अनुसार यसअघि साँसद पदम गिरी, अर्का साँसद ललितकला गुरुङ लगायतको भिषा स्वीकृत भईसकेको जानकारी दिनुभयो । बेलायतको अल्डरशटस्थित द एम्पायर हलमा हुने उक्त कार्यक्रममा पर्वत जिल्लाका साँसद तथा जनप्रतिनिधीहरुको सहभागिता रहेने छ ।
आयोजकले कार्यक्रम तयारी तिव्र पारेको जनाएको छ । च्यारिटी सो कार्यक्रमबाट समाजले एक करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।
सो कार्यक्रमबाट संकलित रकमले पर्वतको कुनै ठाउँमा दीर्घकालीन लाभान्वित हुने एक विशेष योजना बनाएर लगानी गरिनेछ ।
