Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

7020




पर्वतमा लगानी भित्राउने अवसर जुटाउन यूके जाँदैछु : साँसद गिरी
पर्वतमा लगानी भित्राउने अवसर जुटाउन यूके जाँदैछु : साँसद गिरी



जुन ३ आउनै लाग्दा पर्वतका साँसदहरु धमाधम यूके जाँदै गरेको खबर जिल्लाबासी र विश्वभर रहेका पर्वतेलीहरुले पाईरहेका छन् । आखिर किन जाँदै छन् साँसदहरु भन्ने जिज्ञाशा उठ्नु स्वभाविकै हो । साँसदहरु यूकेमा जुन ३ मा जिल्लाकै बिकासका निम्ति हुन लागेको परोपकारी कोष स्थापनार्थ हुन लागेको च्यारिटी शो कार्यक्रममा सहभागि हुन जान लागेका हुन् । अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागि हुन जिल्लाका प्रतिनिधी सभाका साँसद पदम गिरी पनि जाँदै हुुनुहुन्छ । यूके जाने तयारीमा रहेका साँसद गिरी सँग रोशन तिवारीले संक्षिप्त कुराकानी गर्नुभएको छ । 



तपाई यूके जाने तयारीमा हुनुहुन्छ कस्तो लाग्दैछ ?

यूके जान लागेकोमा खुशी लागेको छ । मेरो यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्नेमा पनि म विश्वस्त छु । बास्तवमा संसदमा अहिले नीति तथा कार्यक्रममाथी छलफल चलिरहेको छ । जिल्लाबासीहरुका लागि परोपकारी कार्य गर्न प्रवासी दाजुभाई दिदिवहिनीले यूकेमा आयोजना गरेको कार्यक्रम अझै महत्वपूर्ण हो भन्ने महसुस गरेको छु । जिल्लाबासीहरुको हितका लागि कुराकानी हुने मौका पाउने छौँ । भोली पर्वतका लागी केहि गर्नुपर्छ भन्ने भावना जगाउने अवसर र अभिप्रेरित गर्ने मौकाको रुपमा लिएको छु । 

 तपाईको यूके भ्रमणले जिल्लाबासीहरु के पाउँछन् ? 

म यूकेमा घुमघाम, मनोरन्जन लिनका लागि मात्रै जाँदैछैन् । अन्तराष्ट्रिय पर्वत समाज जस्तो सामाजिक संस्थाले विश्वका विभिन्न देशमा रहेका पर्वतेली दाजुभाईको जमघट गराउँदैछ । त्यो जमघट रमाईलो गर्ने र फर्कने मात्रै हैन् । यो कार्यक्रमबाट उहाँहरुले ठुलो फण्ड बनाएर जिल्लामा कुनै न कुनै ठाउँमा दिर्घकालिन रुपमा प्रभाव पार्ने गरि लगानी गर्दै हुनुहुन्छ । त्यसैले मैले उहाँहरुको अभियानलाई साथ दिन त्यहाँ जाँदै छु । स्वभाविक रुपमा यो कार्यक्रमले जिल्लाबासीहरुलाई नै फाईदा हुने मेरो आशा छ । अर्को कुरा जिल्लाको बिकासका निम्ती एनआरएनएमा आवद्ध साथीहरु संग हामीले सहकार्य गरेर जिल्लाको बिकास गर्न चाहान्छौँ । उहाँहरुको लगानी जिल्लामा भित्राउनु पर्ने छ । उहाँहरु संग जिल्लाको बिकास गर्ने भिजन छ । त्यो भिजनमा म जनप्रतिनिधीले पनि साथ दिनुपर्छ भन्ने मलाई लागेको छ । मैले पनि केहि सिकाई हासिल गर्नुपर्ने छ त्यहि कारण मैले भ्रमण गर्न लागेको हुँ । परोपकारी काम गर्दै आएको अन्तराष्ट्रिय पर्वत समाजको यो परोपकारी कार्यक्रमबाट जिल्लाबासीहरुले प्रत्यक्ष रुपमा फाईदा पाउने कुरामा कुनै दुईमत छैन् । 

समृद्ध पर्वत बनाउन बिदेशमा रहेका नेपालीहरु संग यहाँको सहकार्य कस्तो हुनेछ ?

निश्चित रुपमा हामी सबैको चाहना पर्वत जिल्ला समृद्ध होस भन्ने नै हो । चाहे कोहि बिदेशमा होस चाहे स्वदेशमै रहेका पर्वतेली दाजुभाई दिदिवहिनीहरु हुन् । हामी जनप्रतिनिधीहरु जनतालाई सुखी बनाउने जिल्लाको बिकास गर्ने संकल्प लिएर जनताबाट निर्वाचित भएर आएका हौँ । स्वदेश तथा बिदेशमा रहने सबै पर्वतेलीहरुले जिल्ला आजसम्म बिकासको गतिमा किन पछाडी प¥यो भनेर चिन्तित छन् । हामीसंग थुप्रै संभावना भएर पनि तिनीहरुको समुचित बिकास गर्ने एजेण्डा र आर्थिक स्रोतको अभाव छ । सरकारले गर्ला भनेर मात्रै हामीले प्रतिक्षा गर्नुभन्दा अव बिदेशमा रहेका नेपालीहरुलाई लगानीको सुरक्षा हामी गछौँ आउनुहोस जन्मभूमीमा लगानी गर्नुहोस भन्न चाहान्छु । लगानीको सुरक्षा र सम्वर्दन हामी गछौँ तपाईहरुले जिल्लामा जलपर्यटन, पर्या पर्यटन, हाईड्रो, कृषि, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्नुहोस भनेर मैले बिदेशमा रहेका नेपालीहरुलाई भन्न चाहान्छु । लगानी मात्रै हैन यहाँहरु संग थुप्रै सिप र दक्षता छ त्यो जन्मभूमीमा खर्च गर्नुहोस भन्न चाहान्छु । हामी सबैले सामुहिक प्रयास गर्न सकेको खण्डमा पर्वत जिल्ला समृद्ध वन्छ । अव बिदेशको बिप्रेषण मात्रै पर्खिने बानी हटाएर यहाँ भएका जनशक्तिले पनि केहि न केहि आर्थिक उपार्जन गर्नु पर्छ । यहाँ थुप्रै रोजगारी सिर्जना हुन्छन् । जल, जमिन, कृषि, पर्यटनको क्षेत्रमा हामीले लगानी र अवसर सृजना गर्न सके आज काम खोज्दै बिदेशमा भौतारिने साथीहरु स्वदेशमै रमाउन पाउनुहुन्छ । त्यसैले बिदेशमा कामको खोजीमा जाने र आफ्नो परिवार बाहेक अरुको बारेमा नसोच्ने साथीहरुलाई अरुको बारेमा पनि सोचौँ फराकिलो मन बनाएर जिल्लाको बिकासका निम्ती आर्थिक, नैतिक, भौतिक जस्ता कुरामा सहयोग गरौँ भनेर आग्रह गर्दछु । 

अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्ने कार्यक्रमलाई तपाईको शुभकामना .................

हेर्नुहोस मैले उहाँहरु संग लामो समयदेखि छलफल गर्दै आएको छु । म सामाजिक सन्जालमा कुरा गर्दै आएको छु । मैले सुने अनुसार उहाँहरुले यो कार्यक्रम त्यसै रहरै रहरमा आयोजना गर्नुभएको छैन् । यो कार्यक्रम पर्वतबाट बिदेशमा रहेर कुनै एउटा देशमा आवद्ध नेपालीहरुले मात्रै आयोजना गरेका पनि होईनन् । राजनीतिक भेला पनि होईन । यो कार्यक्रमको तयारी, कार्यक्रमको उदेश्य बिशाल छ । यो कार्यक्रमले जुन लक्ष्य लिएको छ त्यो समाचार अन्तवार्ता, प्रोमो जस्ता कुराबाट यहाँले र अरु सबैले बुझेका छन् । त्यता तर्फ धेरै व्याख्या पनि नगर्दा नै हुन्छ होला । एउटै शब्दमा भन्नुपर्दा गास कटाएर जिल्लाको बिकासका लागि फण्ड कलेक्सन गर्ने र जिल्लाकै बिकासमा खर्च गर्ने प्रयास गर्न थाल्नुभएका ति सबै साथीहरुलाई मैले मुरीमुरी धन्यवाद र शुभकामना व्यक्त गर्न चाहान्छु । यि र यस्ता कार्यक्रममा जनप्रतिनिधीको हैषियतमा म साँसदको हैषियतमा तनमनका साथ दिन तयार छु । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)