Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1797




बालाकोटका दलित समुदायलाई सिपमुलक सामग्री वितरण
बालाकोटका दलित समुदायलाई सिपमुलक सामग्री वितरण

जेठ १६,पर्वत । महाशिलाका दलित समुदायका व्यवसायलाई वडा कार्यालयले सिप मुलकसामग्री वितरण गरेको छ ।

पर्वतको महाशिला गाउँपालिका–३ बालाकोट वडा कार्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरि दलित समुदायका ५ जना व्यवसायिहरुलाई सिलाई मेशिन, आरन मेशिन र जस्तापाता वितरण गरिएको हो ।

वडा कार्यालयले ३ जना आरन व्यवसायीलाई आरन सम्वन्धी सामग्री र २ जनालाई सिलाई सम्वन्धी सामग्री वितरण गरेको जनाएको छ । वडाले आरन व्यवसायीलाई ३ बण्डल जस्ता पाता समेत वितरण गरेको जनाएको छ ।

वडा अध्यक्ष कराप्रसाद गुरुङले दलित समुदायको उत्थान र विकासका लागि सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दलित लक्षित कार्यक्रम सामग्री वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

उहाँले दलित समुदायको आत्मबल र हैसला बढाउन सामग्री वितरण गरिएको प्रतिक्रिया दिनुभयो । वडा कार्यालयले विकास निर्माण सँगै यस्ता रतनात्मक र सामजिक काम गदै अगडी बढ्ने बताउनु भयो ।

साथै गुरुङ बालाकोटाको विकास र समृद्धिका लागि जुट्न आग्रह गर्नुभयो ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)