Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3845




जुन ३ को च्यारिटी कार्यक्रम ऐतिहासिक हुनेछ - गुणराज शर्मा
जुन ३ को च्यारिटी  कार्यक्रम ऐतिहासिक हुनेछ - गुणराज शर्मा


पर्वत जिल्लाको समृद्धि र विकासमा टेवा पु¥याउने उद्देश्यले अन्तराष्ट्रिय पर्वत समाजले यहि जुन ३ मा यूकेमा च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । च्यारिटी कार्यक्रममा पर्वत जिल्लाका साँसद तथा जनप्रतिनिधिहरुको सहभागितारहने आयोजकले जनाएको छ । कार्यक्रमवाट संकलन भएको रकम पर्वत जिल्लाको स्वास्थ्य क्षेत्रमा खर्च  गरिने भएको छ । संस्थाले स्थापनाको छोटो समयमा नै पहिलो तथा महत्वाकांक्षी कार्यक्रमको आयोजना गरेको छ । यसै सन्दर्भमा संस्थाका महासचिव गुणराज शर्मासँग पर्वत नेपाल डटकमले गरेको कुराकानी :

छोटो समयमा ठुलो कार्यक्रमको आयोजना गर्नुभएको छ । यसबारे केही बताईदिनुहोस न :

च्यारिटी  कार्यक्रम यहि जुन ३ मा लण्डनमा हुँदै छ ।  नेपाल भन्दा  बाहिर भएका पर्वतेहरुलाई एउटा सञ्जालमा जोड्नको लागि गएको अक्टुवरमा काठमाडौँमा अन्तराष्ट्रिय पर्वत समाजको गठन गरेका थियौँ । विभिन्न  उदेश्यले बिदेशमा बसेका पवतेहरुको  संजाल बनाउने र  २०१९ मा पर्वतको कुनैं स्थानमा सम्मेलन गर्ने सहित समृद्ध पर्वत निर्माणमा र पर्वत जिल्लाको विकासका लागि हरेक क्षेत्रमा केही टेवा पु¥याउन सकिन्छ भनेर  हाम्रो टिम अगाडि बढेको थियो । यसै बिच बेल्जियममा अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न गर्ने क्रममा त्यो बैठकले पर्वत जिल्लाको विकास र समृद्धिका लागि १ करोड बराबरको परोपकारी कोष, अर्थात १ करोडको संकलन गर्ने लक्ष्य एउटा योजना त्यहाँ प्रस्तुत भयो । सोही योजनालाई सुरुमा परोपकारी कोष भनिएतापनि त्यहाँबाट उठेको पैसाले पर्वतमा कुनै स्वास्थ्य क्षेत्रमा दीर्घकालिन रुपमा पर्वतेहरुलाई टेवा पुग्ने खालको कार्यक्रम गर्ने भनेर कार्यसमिति तथा सबैको सरसल्लाह र छलफल पछि हामीले लण्डनमा जुन ३ मा च्यारिटी कार्यक्रम गर्दैछौँ । यो कार्यक्रमबट उठेको रकम हामीले तत्काल नै पर्वतको कुनै स्थानमा स्वास्थ्य क्षेत्रमा लगानी गछौँ । यो अन्तराष्ट्रिय पर्वत समाजको पहिलो एउटा महत्वकांक्षी कार्यक्रम पनि हो ।  यो च्यारिटी कार्यक्रमवाट थौरेमा १ करोड उठाउने लक्ष्य लिएका छौँ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)