Correspondent, ParbatNepal
8 years ago
2288
जेठ १८ काठमाण्डौ । पर्वतका संघिय साँसद पदम गिरी र लालकाजी गुरुङ, प्रदेश साँसद ललितकला गुरुङ आज यूके जाँदै हुनुहुन्छ । जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाज र पर्वत सेवा समाजले आयोजना गर्न लागेको च्यारिटी कार्यक्रममा सहभागी हुन साँसद त्रय यूके जान लाग्नुभएको हो ।
त्रिभूवन बिमानस्थलबाट साँसदहरु यूके जाँदै हुनुहुन्छ । यूकेमा साँसदहरुको स्वागतका लागि अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारीहरु तयारी अवस्थामा रहेका छन् । पर्वतको बिकासका लागि प्रवासमा रहेका नेपालीहरुले कार्यक्रम आयोजना गरेका हुन् ।
च्यारिटी कार्यक्रममा सहभागी हुने साँसदहरु केहि दिनमा साक्षात्कार र भेटघाटमा व्यस्त रहनुहुने भएको छ । यूके उड्नु अगाडी साँसद पदम गिरीले बिदेशमा रहेका नेपालीहरुले पर्वतको बिकासका लागि आयोजना गर्ने कार्यक्रमले जिल्लाको बिकासका निम्ती महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
साँसद लालकाजी गुरुङले पर्वत जिल्लामा बिदेशी लगानी जुटाउने अवसरको रुपमा कार्यक्रमलाई लिएको बताउनुभयो । साँसद ललितकला गुरुङले पर्वत जिल्लाका संभावनाहरुलाई उजागार गर्न र जिल्लाको दिर्घकालिन बिकासका लागि जुन ३ को कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी हुन कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल सहित पनि यूके जानुभएको छ ।
