Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2130




पर्वतबाट लण्डन आएका पाहुनालाई भव्य स्वागत
पर्वतबाट लण्डन आएका पाहुनालाई भव्य स्वागत


जुन २ लण्डन । यूकेमा आयोजना गरिएको च्यारिटी कार्यक्रममा सहभागी हुन पुगेका साँसद सहित जनप्रतिधीहरुलाई भव्य स्वागत गरिएको छ । जुन ३ मा हुने कार्यक्रममा सहभागी हुन यूके पुगेका साँसद पदम गिरी, लालकाजी गुरुङ, ललितकला गुरुङ, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष रामकष्ण मल्ल सहितका पाहुनाहरुलाई लण्डनमा स्वागत गरिएको हो । हिथ्रो  विमानस्थलमा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी सहित पदाधिकारीहरुले उहाँहरुको स्वागत गर्नुभएको थियो ।


विमानस्थलमा अन्तराष्ट्रिय पर्वत समाज च्यारिटी कार्यक्रम संयोजक हितकाजी गुरुङ, एनआरएनएका उपाध्यक्ष कुल आचार्य, पर्वत समाज यूकेका अध्यक्ष दधी आचार्य, पर्वत समाज यूकेका महासचिव एवं अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष भरत पौडेल, जनसम्पर्क समिति बेलायतका अध्यक्ष यूवराज गुरुङ, पर्वत समाज यूकेका सल्लाहकार जुहारीलाल गुरुङ लगायतले स्वागत गर्नुभएको थियो ।


कार्यक्रममा बिभिन्न देशबाट आउने पाहुनाहरुलाई पर्वत सेवा समाज यूकेले शनिवार रात्रीभोजको आयोजना गर्दैछ । भोली हुने कार्यक्रमको तयारी पुरा भएको छ । यूके बाहिरबाट आउने पाहुनाहरु बेलुका र बिहान सम्म ३० जना सहभागी आइसक्ने बताइएको छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)