साधारणसभा
मिति : 16-Dec-2018
सम्पर्क व्यक्ति : Dadhi Acharya
समय : 11 AM
स्थान : The Empire , Aldershot
पर्बत वेलफेर सोसाइटी युके को सातौ कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी डिसेम्बर १६ आइतबार दिउसो अल्डरसटको एम्पायर हल ।
संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्बाचन समिति पनि गठन गरेको छ। निर्बाचन समितिमा संस्थाका पुर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि , सल्लाहकार धन बहादुर थापा, सल्लाहकार नारायण कोने गुरुङ सदस्य रहनुभएको छ भने सल्लाहकार तथा संस्थापक महासचिब युवन गुरुङ सदस्य सचिब रहनुभएको जानकारी संस्थाका अध्यक्ष दधि आचार्यले पर्बतनेपाललाइ जानकारी दिनु भयो। साथै उहाले डिसेम्बर १६ मा बेलायतमा बसोबास गर्ने सम्पूर्ण पर्बतेली दाजुभाई र दिदीबहिनीहरुलाइ साधारणसभामा उपस्तिथीको लागि आव्हान गर्नु भएको छ।