कुश्मा नगरपालिका

कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो । कुश्माकाे मुख्य व्यापारिक केन्द्र शिवालयचाेक हाे । यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ । पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपालिका बनाइएको थियो ।कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ । यो नगरपालिका पर्वत जिल्लाको मुख्य ब्यपारिक केन्द्र हो । धार्मीक तथा ऐतिहासिक महत्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा , कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् ।


पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो ।


नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कुश्मा नगरपालिका, ठूलीपोखरी, खौलालाँकुरी र आर्थर डाँडाखर्क गाउँ विकास समितिहरूलाई समेटिएका छन् ।[१] नगरपालिकाको कूल जनसंख्या ३९,६०० रहेको छ । यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्की र स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजला र मोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ 


 मेयर रामचन्द्र जोशी 

 उपमेयर सीता कुमारी काफ्ले लामिछाने

 कार्यकारी हिरामणि सुवेदी

Hotel Bandana Pvt.Ltd

Situated in the prime location of Kushma and about 2 minutes walk from Pokhara Baglung highway, Bandana Hotel is the place for living peace with comfo...

Hotel Benju

Hotel Benju a newly established luxury hotel with all modern amenities and comforts beds. Our rooms have first class property with well furnished &amp...

मार्केटिंग जान्ने चाहियो

भर्खर खोलेको अनलाइन को लागि मार्केटिंग जान्ने कर्मचारी चहियो. राम्रो तलब र सुबिधा छ 

सम्बन्धित समाचार