जलजला गाउँपालिका
जलजला गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका बासखर्क, माझफाँट मल्लाज, लेखफाँट, धाइरिङ, नाङलिवाङ, बनौ र शालिजा गाउँ विकास समितिहरूलाई समेटेर जलजला गाउँपालिका बनाइएको हो । जलजला गाउँपालिकाको कूल जनसंख्या २१,४५४ रहेको छ । यसको क्षेत्रफल ८२.२६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको माझफाँट मल्लाज गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, पश्चिममा म्याग्दी र बागलुङ जिल्ला, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिका र बागलुङ जिल्लासम्म फैलिएको छ .
अध्यक्ष यमबहादुर मल्ल
उपाध्यक्ष सिमा पुन
कार्यकारी भिमप्रसाद अर्याल
सम्बन्धित समाचार