Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1670




पशुपती मावि राम्जाले मनायो ४९ औँ वार्षिकोत्सव
पशुपती मावि राम्जाले मनायो ४९ औँ वार्षिकोत्सव



रोशन तिवारी माघ ८ पर्वत - पर्वतको मोदी गाउँपलिका ७ राम्जादेउरालीमा रहेको पशुपती माविको ४९ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रमका साथ सोमवार सम्पन्न भएको छ ।  वार्षिकोत्सवका अवसरमा विद्यालयले अर्धवार्षिक परिक्षामा उत्कष्ठ नतिजा हासिल गरेका विद्यार्थी, अतिरिक्त कृयाकलापका विजेतालाई पुरस्कार वितरण र विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । 


साथै विद्यालयमा स्थापित ९ वटा अक्षयकोष र जिल्ला शिक्षा कार्यालय वाट प्राप्त अक्षयकोष मार्फत विद्यार्थीहरुलाई छात्रवृती वितरण गरिएको छ । उक्त अवसरमा विद्यालयमा ६ थान कम्प्युटर सहयोग गर्ने सोहि विद्यालयका भूपू विद्यार्थी यूवराज रिमाल र खेलकुद सामाग्री उपलब्ध गराउने तारावहादुर गुरुङलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । माओबादी केन्द्रका पोलिटव्युरो सदस्य गुप्त हमालको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नेता हमालले अव वन्ने सरकारले शिक्षामा आमुल परिवर्तनको एजेण्डा ल्याउने वताउनुभयो । उहाँले राज्यले शिक्षामा सबैको पहुँच पुराउन अहिलेपनि नसकेको वताउनुभयो । अव स्थिर सरकार वन्ने र स्थिर सरकारले दिगो खालका शैक्षिक योजना ल्याउने वताउनुभयो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक दुर्गाप्रसाद गौतमले गर्नुभएको थियो भने सञ्चालन शिक्षक यादवप्रसाद शर्माले गर्नुभएको थियो ।


सम्बन्धित समाचार (मोदी गाउँपालिका )